अहिले तरंगमा

Nepali Bahas

केहि छिनमा

Good Morning Aandhikhola

समाचार

छिटो छरितो सेवा ग्राहीलाई सेवा दिनुसः आन्तरिक मामिला तथा न्याय कानुन मन्त्री चुमान

news

प्रदेश नं ४ आन्तरिक मामिला तथा न्याय कानुन मन्त्री हरि बहादुर चुमानले छिटो छरितो सेवा ग्राहीलाई सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशन दिनु भएको छ । स्याङजामा सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुसंगको भेटघाट कार्यक्रममा मन्त्री चुमानले हिजो सेवाग्रहीलाई सेवा दिनु कर्मचारीको मुख्य दायित्व रहेको बताउनुभयो ।
 
३ वटा निर्वाचनबाट जनप्रतिनिधी चुनिएको बताउदै मन्त्री चुमानले जनप्रतिनिधी र कर्मचारी हातेमालो गरेर बिकासमा अगाडी बढ्नुपर्ने बताउनुभयो । संघियता असफल पार्न केहि शक्ति लागेको बताउदै मन्त्री चुमानले संघियताको कार्यान्वयनमा राष्ट्रसेवक कर्मचारीको भुमिका महत्वपुर्ण रहेको बताउनुभयो । 
 
सिहँ दरबारको अधिकार ब्यवहारिक रुपमा गाउँगाउँमा आउन नसकेको बताउदै मन्त्री चुमानले भन्नुभयो —“संघियताको कार्यान्वय सगै सबै समस्या समाधान हुन्छ ।” बिचौलियका कारण कार्यालयमा सेवाग्राहीलाई समस्या बनेको बताउदै मन्त्री चुमानले सबै कार्यालयमा हेल्पिङ डेक्स राख्न निर्देशन दिनुभयो । त्यस्तै नेकपा माओबादी कार्यालयमा गरिएको पार्टी कार्यकर्ता भेटघाटमा पार्टी एकता केहि दिनमा हुने बताउनुभयो । पार्टी एकताको सबै तयारी पुरा भएको बताउदै माओबादी नेता चुमानले एकताको खुसीयालीमा तयार रहन आग्रह गर्नुभयो । 
 
त्यस्तै मन्त्री चुमानले पुतलिबजार ९ कोल्मामा काल्खु पर्यटन मेलाको उद्घाटन गर्नु भएको थियो । मेलामा मन्त्री चुमानले पर्यटन आर्थिक बिकासको पुर्वाधार भएको बताउनु भएको थियो । पर्यटनलाई प्रदेशले आर्थिक आर्जनको प्रमुख आधारको रुपमा लिएको बताउदै मन्त्री चुमानले लोक सस्कृतिको जर्गेना गर्न सकेमा पर्यटन फस्टाउने दाबी गर्नुभयो ।। 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...