अहिले तरंगमा

केहि छिनमा

समाचार

जिल्लाकै पहिलो जल्सा तहफ्फूजे मसलके आला हजरत सम्मेलन

रेडियो आँधीखोला
वालिङ १९, चैत्र ।
मुस्लिम समुदायको धार्मिक कार्यक्रम भिरकोटको बयरघारीमा सम्पन्न भएको छ । अस्लामु अहलैकुम नुरी अहले सुन्नत इस्लामी जामा मस्जिद व्यवस्थापन समिति भिरकोट नगरपालीका करुङग बयरघारी स्याङजाको आयोजनामा जिल्लाकै पहिलो जल्सा तहफ्फूजे मसलके आला हजरत सम्मेलन गरिएको हो ।
सम्मेलनमा बोल्दै भिरकोट नगरप्रमुख छायराम खनालले मुस्लिम समुदायको उत्थानका लागी नगरपालिका प्रतिवद्ध रहेको भन्दै शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा नगरउपप्रमुख सिमा केसीकर्मचार्य, वडा अध्यक्षहरु दिपेन्द्र केसी, कमल त्रिपाठी, र कृष्णबहादुर श्रेष्ठ, समाजसेवीहरु नासिर खां, डोलराज ढुङगानालगतयले शुभकामना मन्तव्य राख्नुभएको थियो । 
आयोजकका अनुसार  विध्वान मौलानाहरुबाट धार्मिक प्रवचन  र नाच तक्ती समेत हुनेछ । जिल्लामै पहिलो पटक गरिएको कार्यक्रममा प्रदेश नं. ४ का विभिन्न मुस्लिम समुदायहरुको  उल्लेख्य सहभागिता रहेको थियो । 
मुस्लिम समुदायहरुको धार्मिक सम्बन्ध प्रगाढ पार्ने तथा धार्मिक एकताको विकास गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक हाँजि अब्दुल जब्बरले जानकारी दिनुभयो । 
नुरी अहले सुन्नत  ईस्लामी जामा मस्जीद व्यवस्थापन समिति भिरकोटका अध्यक्ष इमाम इसुब मिँयाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन हाँजि अब्दुल जब्बर अलिले गर्नुभएको थियो भने स्वागत हाँजि नासिवदिन मिँयाले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...