अहिले तरंगमा

bhajan

केहि छिनमा

Nepali khabar

समाचार

२ दिने युवा नेत्तृत्व विकास तथा व्यावसायिक अभिमुखिकरण

news

रेडियो आँधीखोला
वालिङ १९, चैत्र ।
युवा खेलकूद तथा सिप विकास समिती वालिंग  ५ जगतभंज्यांग को आयोजनामा    २ दिने युवा नेत्तृत्व विकास तथा व्यावसायिक अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।  
तालिम को समापन गर्दै वडा अध्यक्ष ढाकाराम पंगेनी ले युवा हरुलाई राष्ट्र निर्माण का सम्वाहक भएको उल्लेख गर्दै आर्थिक सम्मृदि को बलियों जग बनेर देखाउन  आग्रह गर्नुभयो । उहा ले सिप मुलक तालिम हरु पर्दान गरेर युवा हरुलाई सबल र सक्षम  बनाइने समेत बिस्वास दिलाउनु भयो ।
कार्यक्रम मा नगरकार्यपालिका सदस्य जमुना के सी  , वडा सदस्य केस बहादुर थापा ,प्रमुख प्रशिक्षक पशु बिकास अधिकृत  हुमनारायण श्रेष्ठ , वडा सचिव ओम बहादुर थापा  र सहभागी को तर्फ बाट बरिस्ठ ब्यवसायीक कृषक चित्र प्रकास रेग्मी र सुनिता रेग्मी लगायत ले आ आफ्नो मन्तब्य राख्नुभएको थियो । 
युवा खेलकूद तथा सिप विकास समिती का अध्यक्ष राम प्रसाद लामिछाने को अध्यक्षता ता मा सम्पन्न भएको कार्यक्रम को संचालन अम्मर बहादुर थापा ले गर्नुभएको थियो  ।
तालिम मा ३२ जना युवा व्यवसायी को   सहभागिता रहेको थियो  भने हुमनारायण श्रेष्ठ , ओम बहादुर थापा र छवि आले ले प्रशिक्षण दिनुभएको थियो । उक्त तालिम   वडा कार्यालय को आर्थिक सहयोग मा संचालन गरिएको थियो । 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...