अहिले तरंगमा

केहि छिनमा

Aandhikhola Khabar

समाचार

क्यान्सर पीडित खाँणलाई सहयोग हस्तान्तरण

तोलाकान्त बगाले
वालिङ, २८ चैत 
यहाँकी एक क्यान्सर पीडित महिलालाई ठकुरी समाज हङकङले आर्थिक सहयोग गरेको छ । स्याङ्जाको वालिङ नगरपालिका १० बिहारथोक निवासी ५८ वर्षिया क्यान्सर पीडित देउकुमारी खाँणलाई आर्थिक सहयोग गरिएको हो । क्यान्सर पीडित खाँणलाई ठकुरी समाज हङकङद्वारा संकलन गरिएको दुई लाख ७२ हजार ५२ रुपैयाँ वालिङ नगर प्रमुख दिलीपप्रताप खाँण र दर्शन बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष धनबहादुर मल्लले संयुक्तरुपमा हस्तान्तरण गर्नुभएको हो । भmण्डै दुई वर्ष अघिदेखि घाँटीको क्यान्सरबाट पीडित खाँण उपचारका क्रममा हुनुहुन्छ । उपचारकालागि आर्थिक अभाव भएपछि धनबहादुर मल्लको पहलमा आर्थिक संकलन गर्ने अभियान सुरु गरिएको थियो ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...