अहिले तरंगमा

Bani Bahas

केहि छिनमा

Aandhikhola Khabar

समाचार

स्याङ्जामा ८ वटा स्थानीय तह रहने

news

वालिङ, १९ साउन ।
स्थानीय तह पुनर्संरचना प्राबिधिक सहयोग समिति स्याङ्जाको आयोजनामा बुधबार स्थानीय तह पुनर्संरचना सम्बन्धी स्थानीय परामर्श कार्यशाला गोष्ठी स्याङ्जाको वालिङमा सम्पन्न भएको छ । गोष्ठीमा विचार राख्ने अधिकांश बक्ताले स्थानीयवासीले जो जता समायोजन हुन चाहन्छन् त्यतै स्वतन्त्ररुपमा समायोजन हुन पाउनुपर्नेमा जोड दिएका छन् । उनीहरुले राजनीतिक प्रभावका आधारमाभन्दा पनि भोलिको सहजताकालागि धेरै विचार गरेरमात्रै निर्णय गर्नु बुद्धिमानी हुने विचार ब्यक्त गरेका हुन् । पुनर्संरचनाका सम्बन्धमा प्रत्येक राजनीतिक दल तथा नेताले आफ्नो स्वार्थभन्दा माथि उठ्नुपर्नेमा जोड दिईएको छ । उनीहरुले हरेक नागरिकले सहजरुपमा सुविधा पाउने किसिमबाट दीर्घकालिन सोचका साथ पुनःसंरचनाको विषयलाई निष्कर्षमा पु¥याउनुपर्ने धारणा राखेका हुन् । जिल्लाको पुनर्सरचना गर्दा ८ वटा स्थानीय तह हुने भएकाले सो स्याङ्जाकालागि अपुग हुने भएकाले यसलाई बृद्धि गर्न सम्बन्धित निकायमा आवाज पु¥याउन पनि बक्ताहरुले जोड दिएका थिए । गोष्ठीमा उठेका जिज्ञाशाहरुको जवाफ दिंदै स्थानीय तह पुनर्सरचना प्राविधिक सहयोग समितिका संयोजक एवं स्थानीय विकास अधिकारी महेश भट्टराईले जनताको अधिकतम सुविधासमेतलाई दृष्टिगत गरी पुनःसंरचनालाई अन्तिम निष्कर्षमा पु¥याईने बताए । उनले आफ्नो ठाउँलाई कस्तोरुपमा अगाडि बढाउने भन्ने निर्णय गर्ने अधिकार स्थानीयकै भएकाले यसलाई गम्भीरताकासाथ लिन सुझावसमेत दिए । वालिङ उद्योग वाणिज्य संघको सभाहलमा भएको गोष्ठीमा वालिङ नगरपालिकासहित, स्वरेक, तिन्दोबाटे, कालिकाकोट, जगतभञ्ज्याङ, थुमपोखरा, सिर्सेकोट, एलादी, छाङ्छाङ्दी, माझकोट शिवालय, मल्याङकोट, मनकामना, केवरेभञ्ज्याङ, सिर्सेकोट, पकवादी गरी १४ गाविस केही गाविसका पुरै वडा र केही गाविसका पायक पर्ने वडाहरु र वालिङ नगरपालिकालाई मिलाएर एउटा स्थानीय तहको पुनर्सरचना गर्नकालागि लिखित निर्णयका प्रतिलिपिहरु समितिलाई बुधबार बुझाएका थिए ।कार्यक्रममा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, नागरिक समाजका अगुवा, वुद्धिजिवी, गाउँ तथा नगरका पदाधिकारीहरुको सहभागिता रहेको थियो । स्थानीय विकास अधिकारी एवं प्राबिधिक समितिका संयोजक महेश भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन योजना अधिकृत यामप्रसाद रेग्मीले गरेका थिए ।