अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

स्थानीय जातका कुखुरा संरक्षणमा जुट्दै पित्लेकी महिला

तोलाकान्त बगाले
वालिङ, २८ चैत 
स्याङ्जाको वालिङ ५ पित्लेकका महिलाहरु स्थानीय जातको कुखुरा संरक्षणमा जुटेका छन् । यहाँका महिलाहरु पित्लेक देउराली महिला स्थानीय कुखुरा संरक्षण समिति गठन गरी स्थानीय जातका कुखुरा संरक्षणमा लागेका हुन् । पछिल्लो समय ग्रामीण भेगहरुमा पनि कम समयमै आम्दानी लिन सकिने ब्रोईलर र लेयर्स जातका कुखुरापालन ब्यवसाय बढीरहेका बेला पित्लेकमा पशु विकास फर्म पोखराले अनुदानमा स्थानीय जातका चल्लाहरु, चल्लाकालागि दानापानी र ह्याचरी मेसिन उपलब्ध गराएपछि यसको संरक्षणमा यहाँका महिलाहरु थप उत्साहित भएका हुन् ।
 “अहिले २५ जना महिलाहरुले प्रत्येक घरमा खोर निर्माण गरी स्थानीय जातका कुखुराहरु पालिरहेका छौं” पित्लेक देउराली महिला स्थानीय कुखुरा संरक्षण समितिका अध्यक्ष देउसरी गुरुङले भन्नुभयो, “होमस्टेमा आउने पाहुनाहरुलाई स्थानीय स्वाद दिनकालागि हामीले कुखुरा संरक्षण अभियान सञ्चालन गरेका हौं ।” स्वास्थ्यका दृष्टिले पनि स्थानीय जातका कुखुराको मासु तथा अण्डा निकै स्वादिलो र तागतिलो मानिन्छ भने यो जातका कुखुरा महंगो र हुर्कन समय लाग्ने गर्दछ ।“गुरुङ समुदायको बाहुल्यता रहेको यस ठाउँमा स्याङ्जासहित अन्य जिल्लाहरुबाट पनि होमस्टेको अवलोकन भ्रमणकालागि पाहुनाहरु आउने गर्नुहुन्छ” स्थानीय युवा तिलक गुरुङले भन्नुभयो, “होमस्टे भनिएपनि कतिपय ठाउँमा शहर बजारका सामग्रीहरु प्रयोग गर्ने गरिएपनि यहाँ आउने पाहुनाहरुलाई भने हामीले स्थानीय स्तरमा उत्पादित खानेकुराका स्वादहरु दिनेछौं ।” गतवर्ष पशु सेवा कार्यालयले स्थानीय जातका कुखुरा संरक्षणका लागि खोर ब्यवस्थापनमा अनुदान, भाले वितरण तथा रोग नियन्त्रक रानीखेत एन्टिभ्याक्सिनसमेत प्रदान गरेको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...