अहिले तरंगमा

Desh Paradesh

केहि छिनमा

Nepal Bani Khabar

समाचार

वालिङमा तीन महिने हाउस वायरिङ तालिम सुरु

तोलाकान्त बगाले
वालिङ ३, बैशाख ।
स्याङ्जाको वालिङमा सोमबारबाट तीन महिने हाउस वायरिङ तालिम सुरु भएको छ । वालिङ नगरपालिकाको आयोजना र आँधीखोला एजुकेशनल एण्ड टेक्निकल कलेजको ब्यवस्थापनमा हुने तालिमको उद्घाटन गर्दै वालिङ नगरपालिकाका उपप्रमुख कल्पना तिवारीले तालिममा सिकेका सिपलाई ब्यवहारमा उतारी आर्थिक उपार्जन लाग्न सकिने बताउनुभयो । अहिलेको समय प्राविधिक शिक्षाको भएको बताउँदै उपप्रमुख तिवारीले हातमा सिप भएपछि बेरोजगार हुन नपर्ने धारणा राख्नुभयो । कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिमकान्त पौडेलले विदेशीरहेको युवाशक्तिलाई स्वदेशमै रोजगारी दिनकालागि यस्ता तालिमहरु उपयोगी हुने बताउनुभयो । तालिममा वालिङ नगरपालिकाका १४ वटै वडाबाट प्रतिनिधित्व हुने गरी ४५ जनाको सहभागिता रहेको छ ।

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...