अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

विद्यार्थी भर्ना अभियान

वालिङ ५, बैशाख
स्याङ्जाको वालिङ नगरपालिका वडा नं. ११ गब्देमा विद्यार्थी भर्ना कार्यक्रम गरिएको छ । कार्यक्रममा बोल्दै जिल्ला शिक्षा अधिकारी अम्बिकाप्रसाद आचार्यले भर्ना अभियान कार्यक्रम चैत्रबाट सुरु गरेको भए अझ राम्रो हुने बताउनुभयो । साथै उहाँले अभिभावकले आफ्ना बालबालिकाहरुलाई विद्यालयमा पठाएर मात्र नहुँने भन्दै समय समयमा शिक्षक तथा व्यवस्थापन निकायसंँग पनि सरोकार राख्नुपर्नेमा जोड दिनुभयो । शिक्षाको जिम्मेवारी स्थानीय निकायमा आईसकेको अवस्थमा यसप्रति स्थानीय निकाय चनाखो हुनुपर्ने समेत बताउनुभयो । कार्यक्रममा नगरप्रमुख दिलीपप्रताप खाँंणले शिक्षा क्षेत्र निकै संवेदनशील रहेकाले यसलाई मर्यादित ढंगले अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । साथै उहाँले शिक्षकको तालिम, पुरस्कारको व्यवस्थालगायतका विषयमा नगरपालिकाले बजेट विनियोजन गर्ने बताउँदै दरबन्दी मिलानका लागी शिक्षा विकास एवं समन्वय कार्यालयसंँग समन्वय गर्ने बताउनुभयो । कार्यक्रममा सहायक जिल्ला शिक्षा अधिकारी बाबुराम सापकोटा, नेपाल शिक्षक संघका जिल्ला सभापति लक्ष्मीप्रसाद रेग्मी, स्रोतव्यक्ति पोतप्रसाद अर्याल, विद्यालयका प्रधानाध्यापक सुभप्रसाद श्रेष्ठलगायतले बोल्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर खाँंणको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वगत शिक्षक कृष्णप्रसाद पंगेनी र सञ्चालन रामचन्द्र रिजालले गर्नुभएको थियो । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...