अहिले तरंगमा

केहि छिनमा

Bhanchhin Aama

समाचार

१० दिने उद्यमशिलता तालिम

वालिङ ५, बैशाख
१० दिने उद्यमशिलता तालिम स्याङ्जाको वालिङ १ मा बुधबारबाट सुरु भएको छ । वालिङ १ को वडा कार्यालयको व्यवस्थापन र घरेलु तथा साना उद्योगको आयोजनामा तालिमको आयोजना गरिएको हो । तालिमको उद्घाटन गर्दैै वालिङ नगरप्रमुख दिलीपप्रताप खांँणले उद्यमशीलता तालिमले एउटा सफल उद्यमीको रुपमा विकास गर्न मद्दत पुग्ने बताउनुभयो । साथै खांँणले सफल उद्यमी तथा उद्यमी बन्न चाहानेका लागी वालिङ नगरपालिकाले विशेष कार्यक्रम समेत ल्याएको बताउनुभयो । कार्यक्रममा वालिङ नगरपालिकाका प्रशासकीय अधिकृत भिमकान्त पौडेलले तालिमले सहभागिहरुलाई आर्थिक उपार्जनतर्फ प्रेरित गर्ने बताउनुभयो । कार्यक्रममा घरेलु तथा साना उद्योग विकास कार्यालयका वरिष्ठ अधिकृत विश्वभद्र खनालले कार्यक्रमका बारेमा प्रकाश पार्नुभएको थियो । वडा अध्यक्ष तथा नगर प्रवक्ता केदार काफ्लेको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत सदस्य देवि रेग्मीले गर्नुभएको थियो भने सञ्चालन सचिव बुद्धिसागर पंगेनीले गर्नुभएको थियो । १४ गतेसम्म सञ्चालन हुने तालिममा २० जनाको सहभागिता रहेको छ । 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...