अहिले तरंगमा

केहि छिनमा

Bhanchhin Aama

समाचार

वालिङ १३ मा झलुङ्गेमा शहरी स्वास्थ्य

वालिङ ५, बैशाख
स्याङ्जाको वालिङ १३ मा वालिङ नगरपालिका बाँयाटारी शहरी स्वास्थ्य केन्द्रको स्थापना गरिएको छ । कार्यक्रममा बोल्दै नगरप्रमख दिलीपप्रताप खांँणले सबै वडाका स्थानीयबासीलाई स्वास्थ्यको पहुँचमा ल्याउने उद्धेश्यले स्वास्थ्य केन्द्रको स्थापना गरिएको बताउनुभयो । कार्यक्रममा नगरपालिकाका प्रशासकीय अधिकृत भिमकान्त पौडेल, नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख भवानी ढुङ्गाना, मणि पंगेनीलगायतले बोल्नुभएको थियो । केन्द्रमा एकजना प्रमुख, १ जना अनमी र १ जना अहेब रहनुभएको छ । केन्द्रले प्राथमिक तहको उपचार प्रदान गर्नेछ । वडा अध्यक्ष आनन्द पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत वडा सदस्य भुमादेवि गौडेल र सञ्चालन केन्द्रका प्रमुख कृष्ण रानाले गर्नुभएको थियो । कार्यक्रममा एमालेका बाबुराम न्यौपाने, काँगे्रसका पारिश्वर न्यौपाने, माओवादी केन्द्रका श्यामबहादुर विक, राप्रपाका देविलाल पाण्डे, मंगोल नेशनल अर्गनाईजेसनका नेमबहादुर गुरुङ, पेलाकोट रेडक्रस सर्कलका चण्डीप्रसाद पाठक, जेभिटीका कृष्णप्रसाद डुम्रे, स्वास्थ्य स्वयमसेविकालगायत स्थानीयहरुको सहभागिता रहेको थियो । 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...