अहिले तरंगमा

Desh Paradesh

केहि छिनमा

Nepal Bani Khabar

समाचार

नेविसंघले मनायो ४९औं स्थापना दिवस

news

आँधीखोला खबर
७ बैशाख
नेपाल विद्यार्थी संघले मिर्गौला पीडितलाई आर्थिक सहयोग तथा शुभकामना आदान प्रदान गरी ४९ औं स्थापना दिवस मनाएको छ । नेपाल विद्यार्थी संघ स्याङ्जा क्षेत्र नं. २ र नेपाल विद्यार्थी संघ वालिङ बहुमुखी क्याम्पस ईकाई कार्य समितिको संयुक्त आयोजनामा स्थापना दिवस मनार्ईएको हो । नेविसंघले संकलन गरेको सत्र हजार २५५ रुपैयाँ मिर्गौला पीडित वालिङ १३ बायँटारीका १६ वर्षिय नजिल रानाको वुवा दलेन्द्र रानालाई हस्तान्तरण गरिएको हो । आर्थिक सहयोग हस्तान्तरण तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेपाल शिक्षक संघका क्षेत्रीय सभापति डण्डुपानी पंगेनीले देशमा भएका विभिन्न परिवर्तनमा नेविसंघ अग्रपंक्तिमा रहेको उल्लेख गर्दै विद्यार्थी हक र अधिकारकालागि नेविसंघ सधैं तत्पर रहेको बताउनुभयो । “आर्थिक अभावका कारण उपचारमा समस्या भएको महशुष गरी विद्यार्थी साथीहरुले आफ्नो खाजा खर्च कटाएर रकम जुटाउनुभएको छ” अध्यक्ष पंगेनीले भन्नुभयो, “मिर्गौला पीडित रानाको उपचारमा सानै भएपनि सहयोग पुग्ने विश्वास लिएको छु, उहाँ छिट्टै निको हुनुहुनेछ ।” कार्यक्रममा नेविसंघ जिल्ला कोषाध्यक्ष धु्रव पंगेनी, जिल्ला सदस्यहरु कमल कँुवर, सन्दिप कडेल, विद्यार्थी नेतृ विदुषा वस्नेत लगायतले मन्तब्य ब्यक्त गरेका थिए । नेविसंघ वालिङ नगर अध्यक्ष दिक्षान्तप्रताप खाँणको स्वागतसँगै सुरु भएको कार्यक्रम  नेविसंघ क्षेत्रीय अध्यक्ष विश्वास लम्सालको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन क्षेत्रीय सचिव चुत्रबहादुर महतले र धन्यवाद जिल्ला सदस्य खेम चापागाईले गर्नुभएको थियो  । वालिङ बहुमुखी क्याम्पसका विद्यार्थी राना विगत ४ वर्षदेखि मिर्गौलासम्बन्धी समस्याबाट ग्रसित हुनुहुन्छ । हाल उहाँको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भैरहेको छ ।
 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...