अहिले तरंगमा

Desh Paradesh

केहि छिनमा

Nepal Bani Khabar

समाचार

बिधीको सासन अहिलेको आवश्यकता— राष्ट्रिय सभा अध्यक्ष तिमिल्सीना

news

रेडियो आँधीखोला,
वालिङ, १६ बैसाख ।
राािष्ट्रय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सीनाले बिधीको सासन अहिलेको आवश्यकता रहेको बताउनु भएको छ । स्याङजाको पुतलिबजार नगरपालिका १ मा शनिबार स्याङ्जा चेम्बर अफ कमर्शको स्थापना बिधिवत घोषणा तथा सचिवालय उद्घाटन कार्यक्रममा सुसासन र निश्पक्षता नहुदाँ देश अगाडी बढ्न नसकेको बताउनुभयो । 
 
सबै भन्दा ठुलो सरकार स्थानिय भएको बताउदै अध्यक्ष तिमिल्सीनाले भन्नुभयो —“बिकास निर्माणमा स्थानिय सरकारमा बजेटको कुनै समस्या छैन् । ” उहाँले यहाँको बिकास गर्न कालिगण्डकी लोकमार्ग कोरलाबाट ४ नम्बर प्रदेश भएर  नवलपुरको भैसालोटन सकिने गरि निर्माण गरिने दाबी गर्नुभयो । यहाँको बिकासको लागि जलासय युक्त आधिखोला, पर्यटन, होमस्टे, प्याराग्लाइडिङ, कृषि तथा पशु पालनको बिकास गर्नुपर्ने बताउनुभयो । उहाँले सिद्घार्थ राजमार्ग प्रयोग गरेर मुक्तिनाथ र पोखरा जाने पर्यटकलाई यहाँ बसेर र घुमेर जाने खालको धार्मिक तथा पर्यटकिय स्थलको बिकास गर्नुपर्नेमा जोड दिनुभयो । सबै क्षेत्रको बिकास गर्न सकेमा प्रदेश नं ४ र ५ को ट्रान्जिट पोइन्ट स्याङ्जा बन्ने अध्यक्ष तिमिल्सीनाको दाबी थियो ।
 
त्यस्तै चेम्बर कमर्शका कार्यबहाक अध्यक्ष राजेन्द्र मल्लले स्याङ्जामा कृषि क्याम्पसको आवश्यकता रहेको बताउनुभयो । कार्यक्रममा प्रदेश सभा सदस्य मोहन रेग्मी, जिल्ला समन्यव समिति प्रमुख सिता कुमारी सुन्दास, नगर प्रमुख सिमा कुमारी क्षेत्री, नेकपा एमाले उपाध्यक्ष उदय श्रेष्ठ, मओबादी केन्द्रका जिल्ला सदस्य नारायण लम्साल, पत्रकार महासंघका अध्यक्ष ओम प्रकाश शर्मा, स्याङजा उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष नवराज सुवेदी, अनेमसंघ अध्यक्ष तारा शर्मा, लगायतले मन्तब्य राख्नुभएको थियो ।स्याङ्जा चेम्बर अफ कमर्श स्याङ्जाका अध्यक्ष नन्दकुमारी लम्साल (निर्मला)को अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिव लोकनाथ रेग्मी र स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष श्रीबहादुर गुरुङ्ले गर्नुभएको थियो । यस्तै हिजो जिल्ला समन्वय समिति र पुतलिबजार नगरपालिकाले अध्यक्ष तिमिल्सीनलाई स्वागत तथा सम्मान गरेको थियो । 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...