अहिले तरंगमा

Desh Paradesh

केहि छिनमा

Nepal Bani Khabar

समाचार

नेपाल भारत मैत्री संघको अध्यक्षमा पुनः गुरुङ

रेडियो आँधीखोला,
वालिङ, १६ बैसाख ।
नेपाल भारत मैत्री संघ स्याङ्जा शाखाको जिल्ला मैत्री सभा शनिबार स्याङजाको वालिङमा सम्पन्न भएको छ । कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख दिलिपप्रताप खाँणले मैत्रीसंघबाट भएका यस्ता विभिन्न रचनात्मक कार्यहरुको प्रशंसा गर्दै भावी दिनमा मैत्रीसंघको प्रगतिको लागि शुभकामना व्यक्त गर्नुभयो । 
साथै उहाँले नेपालको पर्यटन विकासमा भारतीय पर्यटकहरुको महत्वपुर्ण भुमिका रहेको हुँदा नेपालमा आउने भारतीय पर्यटकहरु,व्यवसायीहरु तथा कामदारहरुसँग समेत सम्मानजक र मित्रवत व्यवहार गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा मैत्रीसंघका अध्यक्ष ल्याप्टेन. यामबहादुर गरुङले वालिङमा २ करोड २५ लाख लागतमा नेपाल–भारत मैत्री पुस्तकालय स्थापनाको प्रक्रियामा रहेको लगायतका मैत्रीसंघको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने हालसम्मको आर्थिक प्रतिवेदन संघका सचिव गुणनीधि काफ्लेले प्रस्तुत गर्नुभएको थियो । 
मैत्रीसभाले पुनः ले. यामबहादुृर गुरुङकै अध्यक्षतामा २१ सदस्यीय आगामी कार्यसमिति चयन गरेको छ । त्यस्तै सल्लाहकारहरुमा  कमलप्रसाद पंगेनी, राजु थापा, कुम्मराज गुरुङ, हर्षबहादुर थापा र तोयनाथ अर्याललाई सर्वसम्मत रुपमा चयन गरेको छ । कार्यक्रममा आजीवन सदस्य गोविन्दकुमार कर्माचार्यको स्वागतसंगै शुरु भएको कार्यक्रम अध्यक्ष गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन सचिव गुणनीधि काफ्लेले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...