अहिले तरंगमा

केहि छिनमा

Aandhikhola Khabar

समाचार

निशुल्क आयुर्वेद स्वास्थ्य शिविर

news

रेडियो आँधीखोला,
वालिङ, १६ बैसाख ।
स्याङजाको वालिङ नगरपालिका १३ मा शनिबार निशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा भुपूसैनिक शान्तिप्रिय एकेडेमी बायाँटारीमा शिविर सञ्चालन गरिएको हो । कार्यक्रममा वडा अध्यक्ष आनन्द पाठकले पछिल्लो समय मानिसको ध्यान आयुर्वेदतर्फ कम भएको अवस्थामा यस्ता शिविरहरुले आयुर्वेदलाई ताजा तथा दिगो राख्न सघाउ पुग्ने बताउनुभयो । हाम्रा वरिपरि रहेका बहुमल्य वनस्पतीहरुलाई पहिचान गर्न सकियो भने स्वास्थ्यमा धेरै खर्च गर्न नपर्ने बताउनुभयो । 
कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख कमलराज अधिकारी, विद्यालयका भाईस प्रिन्सीपल पारिश्वर न्यौपाने लगायतले शिविरले स्थानीयहरुलाई आयुर्वेदतर्फ आर्कषित गर्न टेवा पुग्ने बताउनुभयो । कार्यक्रममा देवेन्द्र आर्चायले स्वागत र सञ्चालन खेमनारायण देवकोटाले गर्नुभएको थियो । शिविरमा ३ सय ७० जनाको स्वास्थ्य जाँच गरिनुका साथै निशुल्क आयुर्वेद ओषधी समेत वितरण गरिएको छ
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...