अहिले तरंगमा

Bani Bahas

केहि छिनमा

Aandhikhola Khabar

समाचार

ईप्रका वालिङबाट ७३ सय नागरिकता वितरण

ईलाका प्रशासन कार्यालय वालिङबाट गत आर्थिक वर्ष २०७२÷०७३ मा सात हजार ३ सय जनाले नागरिकता लिएका छन् । ईलाका प्रशासन कार्यालय वालिङका प्रमुख दामोदर शर्माका अनुसार कार्यालयबाट नयाँ नागरिकता पाँच हजार ५९५ जारी भएको छ भने नागरिकता संशोधन तथा प्रतिलिपी एक हजार ७०५ गरी कूल सात हजार ३ सय नागरिकता जारी भएको हो । त्यस्तैगरी यस कार्यालयबाट चार हजार ३६५ जनाले राहदानी लिएका छन् भने दं्रुत सेवाकालागि सिफारिस लिनेको संख्या एक हजार ७३७ रहेको कार्यालय प्रमुख शर्माले बताउनुभयो । २०५४ सालमा स्थापना भएको यस ईलाका प्रशासन कार्यालय वालिङले जिल्लाका ३२ गाविस र ३ नगरपालिकाका जनतालाई सेवा दिंदै आएको छ ।