अहिले तरंगमा

केहि छिनमा

Bhanchhin Aama

समाचार

जनप्रिय मावि भिरकोट ५ को ५७औँ वार्षिकोत्सव

news

रेडियो आँधीखोला,
वालिङ, १६ बैसाख ।
स्याङजाको भिरकोट नगरपालिका ५ स्वरेक सिम्लेमा रहेको जनप्रिय माध्यमिक विद्यालयको ५७ औँ वार्षिकोत्सव, अभिभावक दिवश तथा पुरस्कार वितरण कार्यक्रम शनिबार सम्पन्न भएको छ । वार्षिकोत्सवमा बोल्दै भिरकोट नगरउपप्रमुख सिमा केसी कर्मचार्यले सामुदायिक विद्यालयहरुमा शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै दक्ष जनशक्ति उत्पादनका लागी स्थानीय सरकार प्रतिवद्ध रहेको बताउनुभयो । 
कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष यामप्रसाद अधिकारी, वालिङ नगरपालिका ११ का वडा अध्यक्ष वसन्त मल्ल, भिरकोट नगरपालिका १ का वडा अध्यक्ष तथा नगर प्रवक्ता दिपेन्द्र केसी, स्रोतव्यक्ति खुमकान्त खनाल, पुर्व प्रधानाध्यापक जगनाथ अर्याल, शिक्षक अभिभावक संघका अध्यक्ष मिना खाणलगायतले विद्यालयले लामो समयदेखि शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्नुभएको थियो । 
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजेन्द्र खांणले विद्यालयको वार्षिक प्रतिवेदन तथा आगामी आर्थिक वर्षका लागी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा पुर्व प्रधानाध्यापक जगनाथ अर्याल र पुर्व शिक्षक खिम थापालाई सम्मान गरिएको थियो भने शिक्षण पद्धतिमा राम्रो भुमिका निर्वाह गरेको भन्दै शिक्षकहरु कृष्णप्रसाद पौडेल, हुमनाथ अर्याल, सुर्यप्रसाद तिवारी र सृजना पंगेनीलाई पुरस्कृत गरिएको छ । 
त्यस्तै विद्यालयमा स्थापित विभिन्न अक्षयकोषहरुबाट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा जनप्रतिनिधिहरुलाई समेत सम्मान गरिएको विद्यालयले जनाएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिहर पंगेनीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत कृष्णप्रसाद पौडेल र सञ्चालन शिक्षक द्धोय खेमराज खनालले गर्नुभएको थियो ।
। 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...