अहिले तरंगमा

केहि छिनमा

समाचार

कुखुरा पालन तालिम भिरकोट ३ बानेथोकमा

news

रेडियो आँधीखोला,
वालिङ, १६ बैसाख ।
सुर्योदय क्लबले घरेलु तथा साना उद्योग बिकास स्याङजाको सहयोगमा १५ दिने कुखुरा पालन तालिम शुरु गरेको छ । कलबले गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम अन्र्तगत भिरकोट ३ बानेथोकमा तालिम दिएको हो । तालिममा भिरकोट नगरपालिका उपप्रमुख सिमा केसी कर्माचार्यले उपलब्धी हुने गरि तालिम सिक्न प्रशिक्षार्थीलाई आग्रह गर्नु भयो । कार्यक्रममा वडा अध्यक्ष दिपेन्द्र केसी, केशरजंग रायमाझी,  कार्यक्रम संयोजक प्रमोद कुमार गौतम लगायतले मन्तब्य राख्नु भएको थियो  । १८ जनाको सहभागिता रहेको तालिममा कृष्ण प्रसाद पौडेलले सहजिकरण गर्नुहुनेछ  । क्लबका सल्लाहकार गोबिन्द प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन उद्यम बिकास सहजकर्ता गोमा भण्डारीले गर्नु भएको थियो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...