अहिले तरंगमा

केहि छिनमा

Bhanchhin Aama

समाचार

संघीय संसद् बैठक

आँधीखोला खबर
बैशाख १७
राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख २३ गते संघीय संसद्को बैठक आह्वान गर्नुभएको छ । संविधानको धारा ९३, उपधारा (१) बमोजिम आइतबार अपराह्न ४ बजे संसद्को अधिवेशन आह्वान गरिएको संघीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश र स्थानीय तहमा काम गर्न सहजहोस् भनेर सरकारले कानून निर्माणको कामलाई तीव्रता दिएको बताउनु भएको छ । संविधान अनुसार संघीय कानुन निर्माण गर्ने र त्यसपछि प्रदेश र स्थानीय तहलाई आवश्यक कानुनको व्यवस्था गर्न विज्ञहरुसहितको टोलीले कानुन मस्यौदा निर्माण कार्यलाई अघि बढाएको उहाँले स्पष्ट पार्नु भयो । प्रदेश ५ को प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तीन वर्ष भित्र जनताको जीवनस्तरमा आमूल परिवर्तन हुने गरी काम गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयो । उहाँले मुलुकमा प्राप्त प्राकतिक स्रोत÷साधनको अधिकतम सदुयोग गरेर मुलुकलाई समृद्ध बनाउने योजना पनि सुनाउनु भयो । मयको अधिकतम सदुपयोग गर्दै प्रदेशका जनताको जीवनस्तरमा परिवर्तन ल्याउन प्रधानमन्त्री ओलीले प्रदेश सरकारको पनि गम्भिर ध्यानाकर्षण गराउनु भयो । प्रधानमन्त्री ओलीले जाडोमा कुनै पनि नेपालीले चिसिएर ज्यान जानपर्ने अवस्थाको अन्त्य गर्न आफू प्रधानमन्त्री भएको पनि दोहो¥याउनु भयो ।

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...