अहिले तरंगमा

केहि छिनमा

Bhanchhin Aama

समाचार

कांग्रेस महासमिति बैठक भदौमा हुने

आँधीखोला खबर
बैशाख १७
नेपाली कांग्रेसले आगामी भदौमा महासमिति बैठक गर्ने भएको छ । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीचको सहमतिपछि महामन्त्री डा. शशांक कोइरालाले जेठमा जिल्ला सभापतिहरुको भेला र भदौमा महासमिति बैठक गर्ने प्रस्ताव सहितको प्रतिबेदन तयार गर्नु भएको हो । यसैगरी विधान मस्यौदा समिति बनाउने विषयमा पनि देउवा र पौडेलबीच सहमति जुटेको छ । तर चुनावी हारको जिम्मा कसले लिने भन्ने विषयमा भने दुई पक्षबीच विवाद छ । यसैबीच, कांग्रेसले प्रदेश ४ को संसदीय दलको नेता चुनेको छ । लामो समयको कसरतपछि कांग्रेसले सांसद कृष्णचन्द्र नेपाली दलको नेता चयन गरेको हो । प्रमुख सचेतकमा भने काग्रेसले मणिभद्र शर्मा कँडेल र सचेतकमा ओमकला गौतमलाई चयन गरेको छ । दलको उपनेता मेखलाल श्रेष्ठ, सचिव ललितकला गुरुङ र कोषाध्यक्ष सरीता गुरुङ सर्वसम्मत चयन हुनुभएको छ ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...