अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

ट्राइयथलनमा मनिचन्द्र र समिराले जिते स्वर्ण

भारतीय खेलाडी मनिचन्द्र सिंह र समिरा मारिहाम अब्राहमले छैटौँ दक्षिण एशियाली ट्राइयाथलन च्याम्पियनसिपमा प्रथम स्थान हात पार्दै स्वर्ण पदक जित्न सफल भएका छन् । ट्राइयाथलनअन्तर्गतको स्प्रिन्ट विधाको पौडी ७५० मिटर, साइक्लिङ १० किमी र दौड पाँच किलोमिटरको दूरी मनिचन्द्रले ५८ मिनेट दुई सेकेण्डमा पूरा गर्दै स्वर्ण हात पारेका हुन् । भारतकै विश्वरजित साइखाम ५९ मिटर ५७ सेकेण्डका साथ रजत र नेपालका वसन्त चौधरीले एक घण्टा एक मिनेट दुई सेकेन्डका साथ कास्य पदक हात पारे ।

महिलातर्फ उक्त दूरी समिराले एक घण्टा चार मिनेट ५० सेकेण्डमा पूरा गरिन् । दोस्रो भएकी भारतकै प्रग्न्या मोहनले एक घण्टा आठ मिनेट र ४२ सेकेण्ड र तेस्रो भएकी नेपाली खेलाडी सोनी गुरुङले एक घण्टा १३ मिनेट आठ सेकेण्डमा पूरा गरिन् । प्रतियोगिताको खुला पुरुषतर्फ पनि तीनैजना खेलाडी मनिचन्द्रले स्वर्ण, विश्वरजितले रजत र वसन्त चौधरीले कास्य पाए । महिलातर्फ स्पेनकी ईश्वराले स्वर्ण हात पारिन् । उनले उक्त दूरी एक घण्टा तीन मिनेट ३४ सेकेण्डमा पूरा गरेकी हुन् । दोस्रो स्थानमा भारतकी समिरा र तेस्रो स्थानमा प्रग्नया रहेका थिए । नेपाल पर्वतीय खेलकूदअन्तर्गत भएको प्रतियोगिताको आठौँ राष्ट्रिय ट्राइयाथलन प्रतियोगितातर्फ पुरुषमा नेपाली सेनाले वर्चस्व जमाएको छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...