अहिले तरंगमा

Desh Paradesh

केहि छिनमा

Nepal Bani Khabar

समाचार

अनि काली चाहिँ राम्री हुन्न ?

लक्ष्मण अधिकारी
हालैको एक हवाइ उडानमा काली एअरहोस्टेजले नमस्कार गरेको देख्दा अलि फरक अनुभूति भयो । ‘एअरहोस्टेज हुन त राम्री हुनुपर्छ, अनि राम्री भनेको गोरी पो हो त !, यो कालीलाई कसले एअरहोस्टेजमा छान्यो होला ?’
हाम्रो परम्परागत माइन्ड सेट त यही हो, जुन पश्चिमा गोराहरुले हाम्रो दिमागमा थोपरिदिएका छन् । वास्तवमा प्रकृतिको सिर्जना भिन्नभिन्न विशेषताका हुन्छन् र आँपैmमा सवै सुन्दर हुन्छन् । तर संसारमा जो बलियो छ उसैले आफ्ना कुरा कमजोरहरुलाई लादेको लादै हुन्छ र मान्न बाध्य पारेको हुन्छ । गोरो राम्रो हुने र कालो चाहिँ नराम्रो भन्ने सोच पनि यसैको उपज हो ।
पश्चिमा गोराहरुले गोरो हुनु चाहिँ सुन्दर हुनु हो भन्ने मान्यता आपूmमा स्थापित गरे र संसारभरका मानिसहरुमा आप्mनो धारणा लादेर विभेदको शुरुवात गरे । यसका लागि उनीहरुले शक्तिशाली सञ्चार माध्यम तथा न्युज एजेन्सीहरु विविसी, रोयटर्स, एपी, एएफपी आदिको प्रयोग गरे । शुरुवातमा यी सञ्चार माध्यमहरु धर्म, संस्कृति, ब्यापार विस्तार गर्न र विश्वयुद्धहरुमा प्रोपोगण्डा गर्नका लागि खुव प्रयोग गरिएको थियो ।
पछि यी सञ्चार माध्यमहरु उनीहरुको विचार राम्रो, उनीहरुको प्रजातन्त्र मानव अधिकार अब्बल, उनीहरुको भाषा संस्कृति, कला, साहित्य, प्रविधि र उत्पादन उत्कृष्ट भन्ने कुराको प्रचारमा चरम दुरुपयोग गरियो । अनि उनीहरुको गोरो अनुहार चाहिँ जस्तो भे नि ‘वाउ ब्युटिफुल !’ अरुचाहिँ फुल जस्तै सुन्दर भए नि ‘ब्युटी’ नहुने । होच्याएर कसैलाई भन्छन्, ‘एशियन ब्ल्याक’ कसैलाई ‘अफ्रिकि ब्ल्याक ।’
कुनै जमानामा जसको सेना बलियो छ, उसले राज्य विस्तार गथ्र्यो, शासन गथ्र्यो, आफ्ना विचार अवधारणा लाद्दथ्यो र त्यहाँको श्रोत साधन हत्याउँथ्यो । तर आज सञ्चार माध्यम सेना भन्दा शक्तिशाली भएको छ । आप्mना धारणा, विचार, भाषा संस्कृति, प्रविधि र उत्पादन लाद्न भूगोल हत्याउनु पर्दैन, सञ्चार माध्यमको पहुँच बृद्धि गरे पुग्छ । विचार गरौँ विश्वका शक्तिशाली र बढी पहुँच भएका सञ्चार माध्यम जुन मुलुकका छन् त्यही मुलुकको भाषा, संस्कृति, विचार र जीवनशैलीबाट हामी कति प्रभावित भइरहेका छौँ ? विश्वभर फैलिएको इन्टरनेटको साँचो कसको हातमा छ ? हामी उनीहरुकै इसारामा नक्कल गरेर नाचिरहेका छौँ । परम्परागत रुपमा सुन्दरताप्रति हाम्रो आफ्नै मौलिकता थियो तर विश्व सञ्चार माध्यमको तालमा हामी आफ्ना अवधारणा परिवर्तन गरिरहेका छौँ ।
हाम्रा देउता देउती सवैलाई कालै रुपमा प्रस्तुत गरिएको छ । काले कृष्णको के बयान गर्नु ? भगवान विष्णु, राम, शिव सवैलाई कालै रुपमा प्रस्तुत गरिएको छ । काली, महाकाली, भद्रकाली आदि देवीहरुको नामै कालो छ, कालै रुपमा चित्रण गरिएको छ । काली गण्डकीको कालै शालीग्राम पूजा गरिन्छ, देउता देउतीको मूर्ति बनाउन प्रयोग गरिने अधिकांश ढुंगाहरु पनि कालै हुन्छन् । बली दिनेहरुले कालै भाले, कालै बोको पूजा गर्छन् । अर्थात् हामी त परम्परा देखि नै कालोको पुजारी हौँ, हामीलाई कालै मनपर्छ । अनि हाम्रो अनुहार चाहिँ गोरो हुँदा राम्रो भन्ने अवधारणा कसरी विकास भयो ? यो त केवल सञ्चार माध्यमको प्रयोगबाट अरुले लादेका अवधारणा मात्र हुन्, हाम्रो परम्परागत सोच त पक्कै होइन कि ?
पश्चिमी धनी देशका न्युज एजेन्सीहरुले एशिया, अफ्रिका, ल्याटिन अमेरिकाका देशहरुमा जस्ता सूचना सामग्रीहरु सम्पे्रषण गर्छन् विकासोन्मुख देशका अधिकांश आमसञ्चार माध्यमहरुले कैयौँ दशकसम्म तीनै कुराको हुबहु प्रकाशन प्रसारण गरिरहे । आज धनी गरिव सवै देशमा सञ्चार माध्यमको संख्या बृद्धि भएको छ, प्रविधि र दु्रततामा उन्नति भएको छ । तर प्रभाव भने शक्ति राष्ट्रहरुका सञ्चार माध्यमकै छ । उनीहरु जुन अवधारणाको प्रोपोगण्डा गर्छन् त्यही अवधारणाले मान्यता पाउँदै गएको देखिन्छ । गोरो अनुहार मात्र सुन्दर भन्ने अवधारणा पनि यसैको उपज हो । दाताले जे ग¥यो, जे भन्यो त्यही राम्रोे भन्ने अवधारणा हाम्रो मानसिकतामा गहिरिएर वसेको छ । एअरहोस्टज होस वा मिस वल्र्ड, मिस नेपाल विजयी हुनका लागि त गोरी नै हुनुपर्छ । कालो भए गोरो देखिने क्रिम, पाउडर त लगाएकै हुनुपर्छ ।
समाजसास्त्रको कुनै पुस्तकमा मैले पढेको थिएँ, जंगली युगमा पुरुषहरु शिकार खेल्न जाँदा आफ्ना स्त्रीहरुलाई परपुरुषले आँखा नलगाउन भनेर पुरुषहरुले उनीहरुको अनुहारमा रुखका बोक्रा, पात कुटेर लगाइ विरुप बनाइदिन्थे रे । अर्थात् प्राकृतिक स्वरुप जे थियो त्यो चाहिँ सुन्दर भन्ने मान्यता थियो । तर कालान्तरमा यो अवधारणा अर्कै रुपमा उपयोग गर्न थालियो ।
श्रृङ्गारका सामग्रीहरु उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनीहरुले आप्mनो ब्यापार बृद्धिका लागि यसलाई प्रयोग गरेर नयाँ फण्डा शुरु गरे, मुखमा जसले बढी लिपपोत गरेर गोरो देखिन्छ, जसले रङ्गीचङ्गी अनुहार बनाउँछ उही राम्री । पहिला त कालो कपाल नै राम्रो थियो । अव त रातो, खैरो पारेपछि मात्र सुपर, हिरो सुपर हिरोइन हुने अवधारण बन्दै छ । यसले मानिसको वास्तविक सुन्दरता बृद्धि भयो भएन वेग्लै कुरा हो तर बहुराष्ट्रिय कम्पनीहरुको व्यापार त पक्कै विस्तार भएकै छ ।
गोराहरु उत्पादन गर्ने, कालाहरु खर्च गरेर श्रृङ्गार गर्ने ! वास्तवमा एशियालीहरुले जति श्रृङ्गार गरेको युरोप अमेरिकामा देखिदैन । किन भने उनीहरु गोरा भएकाले त्यत्तिकै राम्रा भन्ने विश्व अवधारण त बनेकै छ, त्यसमाथि कस्मेटिकको बढी प्रयोगले अनुहारको प्राकृतिक सुन्दरतामा ह्रास आउने मात्र नभई पछि कुरुप पनि भइन्छ भन्ने सत्यता उनीहरुलाई घाम जस्तै छर्लङग छ । युरोप अमेरिकाका मानिसहरु सवै काला र विकासशिल देशका मानिस चाहिँ गोरा भइदिएको भए सायद कालो अनुहार बनाउने श्रृङगार प्रसाधनको उत्पादन हुन्थ्यो होला कि ?
आफ्ना कस्मेटिक उत्पादनको व्यापार बृद्धिका लागि अपनाइएको अर्को रणनीति हो जति नाङिगयो उति सुन्दर मानिने अवधारणाको प्रबद्र्धन । सन् १९५१ मा एरिक मोर्लेले विकिनीको बजार प्रबद्र्धनका लागि आयोजना गरेको विकिनी प्रतियोगिताको समाचार मिडियाको निकै विकाउ मसला बन्यो र मिडियाले नै यसलाई मिस वल्र्ड भनेर नामाकरण गरिदियो । त्यसपछि यो प्रतियोगिता निरन्तर हुँदै आएको छ । विश्वस्तरमा मात्र नभएर क्षेत्रीय र राष्ट्रिय स्तरमा पनि भइरहेको छ ।
सुन्दरी प्रतियोगिताका नाममा महिलालाई नङग्याएकोमा यो प्रतियोगिता बेलाबेलामा गम्भीर विवादमा नपरेको होइन तर विकिनीलगायत सौन्दर्य सामग्रीका उत्पादकहरुको आर्थिक प्रभावका अगाडि कसैको केही चलेन । भारतमा नै पनि सुन्दरी प्रतियोगिताको ठूलो विरोध भएकै हो तर सवैभन्दा बढी ६ पटक विश्व सुन्दरीको ताज पहिरिने पनि भारत नै भयो । 
किन भने करिव सवा अरब जनसंख्या भएको भारत श्रृङ्गार प्रसाधनको अधिक उपभोग गर्ने राष्ट्र मध्ये हो । भारतले प्राप्त गरेका विश्व सुन्दरी ताज प्रतियोगिताको प्रमुख प्रायोजक र प्रतियोगितको नाम (फेमिना मिस वल्र्ड ) सौन्दर्य सामग्रीसँग सम्बद्ध ब्यापारिक कम्पनीहरु नै थिए । विश्व सुन्दरी प्रतियोगिता सुन्दरताको परख गर्नका लागि भन्दा आफ्ना व्यापारिक उत्पादनको बजार प्रबद्र्धनका लागि हो भन्ने कुरा बुझेर पनि मानिसहरु नबुझेजस्तै गर्न बाध्य भएको देखिन्छ ।
सुन्दरी प्रतियोगिताले प्रबद्र्धन गरेको एउटा महत्वपूर्ण कुरा महिलाहरु नाङ्गिनु हो । शरीरको आकार प्रकार त पोशाक लगाएकै अवस्थामा देखिन्छ । सौन्दर्य पारखीहरुले लुगा उतारेपछि देख्ने त्यस्तो विशिष्ट सुन्दरता के छ ? जीउभरिको रौँ ? फण्डा यसैमा छ । राम्रो हुन शरीरको रौँ त खुइल्याउनै प¥यो । रौँ निकाल्ने साधन र इनर गार्मेन्टको बजार प्रबद्र्धन यसको महत्वपूर्ण विजनेस रणनीति हो । नाङिगएको शरीरको भागलाई गोरो र आकर्षक बनाउन सौन्दर्य सामग्रीको प्रयोग त गर्नैप¥यो । अर्धनग्न शरीरलाई घामबाट जोगाउन सन ब्लक क्रिम र लोसनहरु त लगाउनै प¥यो, चिल्लोचाप्लो त राख्नै प¥यो । पहिला नङग्याउने फेसन प्रबद्र्धन गर्यो त्यसपछि नाङ्गो भाग जोगाउने क्रिमको प्रबद्र्धन । यही हो आजको पपुलर व्यापारिक रणनीति ।
प्रकृतिको सिर्जना नराम्रो त हुनै सक्तैन । कुरा कसमाथि को हावी हुने भन्ने मात्र हो । ‘गोरो मात्र राम्रो हुन्छ’ भन्ने अवधारणा पश्चिमाहरुको सामन्तबाद र दास प्रबृत्तिको परिमार्जित निरन्तरता हो भने यो हामीमा नीहित आत्मसमर्पणबादको अवशेष हो । यसैमा टेकेर आज विश्वभर आर्थिक साम्राज्यबाद विस्तार भइरहेको छ । काली चाहिँ नराम्री भन्ने कुरा भ्रम मात्र हो । यो भ्रम टुटाउन जरुरी छ ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...