अहिले तरंगमा

केहि छिनमा

समाचार

पर्यटकीय गाउँ खिलुङ्मा लिफ्टिङ खानेपानी

news

रेडियो आँधीखोला, 
बैसाख १७ वालिङ ।
बर्षौ देखि खानीपानीको अभाबमा बसेका पर्यटकीय गाउँ स्याङजाको भिरकोट ६ खिलुङमा लिफ्टिङ खानेपानी पुगेको छ । पर्यटकीय तथा हनि बाबुल भिलेजको रुपमा परिचित खिलुङमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले पिउने पानी पु¥याएको हो ।  खानेपानी योजनाबाट ७९ घरधुरी रहेको खिलुङमा घरघरमा खानेपानी पु¥याउने प्रबन्ध गरेको हो ।  बि स २०६६ सालबाट पर्यटक भित्राउन थालेको खिलुङमा खानेपानी कार्यालयले पहिलो योजनाकोे काम सकेर पानी गाउँमा पु¥याएको छ भने दोस्रो योजनाको काम थालनी गरिएको डिभिजन प्रमुख तुलसी बस्नेतले बताउनुभयो । पहिलो योजनाबाट २८ घरधुरीलाई लिफ्टिङको प्रणालीबाट खानेपानी पु¥याइएको छ ।  
 
समुद्री सतहबाट १ हजार ६ सय मिटरको उचाईमा रहेको खिलुङमा ९१ लाख ३१ हजार २ सय १७ रुपैया १२ पैसाको लागतमा २ सय १८ जनालाई खानेपानी मिलाएको बस्नेतले बताउनुभयो । त्यस्तै दोस्रो योजनाबाट ओखरबोट र अर्गादीमा रहेका १५ घरधुरीका १ सय ११ लाभान्वित हुनेछन् । दोस्रो योजना ७३ लाख ५३ हजार ३ सय १३ रुपैया ६१ पैसाको लागतमा योजना सम्पन्न हुने छ ।  त्यस्तै आरिकोनेमा तेस्रो योजनाबाट त्यहाँका ३६ घरधुरीका ३ सय १५ जनासंख्यालाई खानेपानीको ब्यवस्था गरिने छ । तेस्रो योजना अन्र्तगत आरीकोनेको खानेपानी योजना ९९ लाख ८१ हजार ८ सय ७ रुपैया ७३ पैसाको लागतमा निर्माण हुने छ । खानेपानी कार्यालयको पहलमा खानेपानीको अभाबमा दुख भोगीरहेका स्थानियलाई पिउने पानी पुगेको निर्माण समितीका अध्यक्ष आश बहादुर गुरुङ्ले बताउनुभयो । 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...