अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

दुध बिक्री नभएपछि चापाकोटका कृषक चिन्तित

स्याङ्जाको चापाकोट नगरपालिकामा रहेको गण्डकीबेशी गाईपालन समूहमा आबद्ध किसानहरुले उत्पादन गरेको दुधले बजार नपाएपछि कृषकहरु चिन्तामा परेका छन् । समूहमा आबद्ध कृषकहरुले दैनिक दुई सय लिटरसम्म दुध उत्पादन गरेतापनि बजारको अभावकाकारण दुध बिक्री हुन नसकेको हो । “संकलन केन्द्रमा हाल दैनिक २०–३० लिटरसम्म दुध बिक्री हुने गरेको छ” समूहका अध्यक्ष गोपी भण्डारीले भन्नुभयो, “हाल दैनिक २ सय लिटरसम्म दुध उत्पादन हुने गरेपनि उत्पादन भएको पुरै दुध बिक्री गर्ने ब्यवस्था मिलाउन सकिरहेका छैनौं ।” विशेष गरेर गाईको दुधको महत्वकाबारेमा बुझ्न नसक्नु, पिनास हुन्छ भनी गलत धारणा रहनु, चापाकोटभन्दा अन्य बजारसम्म पु¥याउन नसक्नुजस्ता कारणहरुले गर्दा गाईको दुधले बजार नपाएको हो । २०७२ साल असोज महिनामा कृषि समूह गठन गरी व्यावसायिकरुपमा जर्सी, होलिस्टिन जातका गाई पाल्दै आएका कृषकहरुलाई उचित बजारको अभावमा लगानी उठाउन समस्या भएको समूहका सचिव गोविन्द सिग्देलले बताउनुभयो ।