अहिले तरंगमा

केहि छिनमा

Bhanchhin Aama

समाचार

शिक्षक संगठनको अध्यक्षमा ढकाल

रेडियो आँधीखोला
वालिङ, १९ बैसाख ।
नेपाल राष्ट्रिय शिक्षक संगठनको १२ औँ जिल्ला अधिबेशनले हिमलाल ढकालको अध्यक्षतामा जिल्ला संगठन समिति गठन गरेको छ । अधिबेशनले समितिको उपाध्यक्ष केदार मरासिनी, महिला उपाध्यक्षमा सिता कुमारी सुबेदी, सचिबमा हिरा बहादुर गाहाँ, सहसचिबमा साबित्रा कडेल, कोषाध्यक्षमा तिलक राम अर्याल, सह कोषाध्यक्षमा पुर्ण कुमारी गुरुङलाई चयन गरेको हो । त्यस्तै सदस्यमा फेदीखोला गाउँपालिकाबाट पदम रानाभाट, लक्ष्मी देबी पौडेल, आधिँखोलाबाट मनिरत्न पौडेल, अर्जुन चौपारी गाउँपालिकाबाट आत्मराम चापागाई, हरिनाशबाट चन्द्र बहादुर भुजेल, कालिगण्डकीबाट केश बहादुर क्षेत्री चयन भएका छन् । त्यस्तै अन्य सदस्यमा पुतलिबजार नगरपालिकाबाट नवराज सुबेदी, युवराज थापा, वालिङबाट कृष्ण कुवर, ओम बिक्रम सिजाली, मंजु चापागाई रेग्मी, भिरकोटबाट भोजेन्द्र गुरुङ, सरला बिक, गल्याङ नगरपालिकाबाट दुर्गा प्रसाद खनाल, हरि प्रसाद भुसाल, चापाकोटबाट भिमलाल पुरी, रामभक्त आचार्य, सबिता आचार्य रहेका छन् । त्यस्तै सिमान्तकृत अल्पसंख्यक सदस्यमा दिपक प्रकाश घले, याम बहादुर बिक रहेका छन् । 
 
अधिबेशनले केन्द्रिय प्रतिनिधीमा याम बहादुर कुवँर, अनन्त अर्याल, बिष्णु प्रसाद भट्राई, बिकास लम्साल, इन्दिरा लुइटेललाई चयन गरेको छ भने केन्द्रिय पर्यबेक्षकमा बलराम दोरंगा, बिष्णु प्रसाद पराजुली र कमला पराजुलीलाई छनौट गरेको छ ।  त्यस्तै शिक्षक हकहित बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तेस्रो अधिबेशनले याम बहादुर कुवँरको अध्यक्षतामा संचालक समिति गठन गरेको छ । 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...