अहिले तरंगमा

केहि छिनमा

समाचार

गाँउ गाउँमा तरुण

news

रेडियो आँधीखोला
वालिङ, १९ बैसाख ।
नेपाल तरुण दल स्याङजाको बैठक मंगलबार भिरकोट नगरपालिका बयरघारीमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नेपाल तरुण दलका जिल्ला सभापति तथा प्रदेश सांसद भागवतप्रकाश मल्लले स्याङजामा तरुणहरु सक्रिय अवस्थामा रहेको र आगामी दिनहरुमा पनि अझ सक्रिय भएर लाग्न आग्रह गर्नुभयो । साथै उहाँले आगामी निर्वाचनमा कागे्रसलाई पहिलो पार्टीको रुपमा स्थापित गर्नका लागी युवाहरु अहिलेदेखि नै सक्रियताका साथ लाग्नुपर्नेमा जोड दिनुभयो ।  कार्यक्रममा कागे्रसका क्षेत्रिय सभापति अर्जुनप्रकाश अर्याल, तरुण दलका क्षेत्रिय सचिव दिपक रेग्मी, तरुणदल साविक क्षेत्र नं. १ का अध्यक्ष खुमबहादुर गुरुङ, २ का अध्यक्ष तथा भीरकोट नगरपालिका वडा नं. १ का वडा अध्यक्ष दिपेन्द्र केसी, ३ का अध्यक्ष तथा गल्याङ नगरपालिकाका वडा अध्यक्ष महेश भट्टराईलगायतले बोल्नुभएको थियो । 
बैठकले तरुण दलको केन्द्रिय परिपत्रअनुसार यही जेठ ५ गते जिल्ला प्रशिक्षण, १२ गते ११ वटै स्थानीय तहमा प्रशिक्षण, १९ गते ९७ वडाहरुमा प्रशिक्षण गरी सदस्यता तथा सक्रिय सदस्यता विस्तार गर्ने निर्णय गरेको छ । कार्यक्रमको सञ्चालन तरुणदलका जिल्ला सहसचिव रविन केसीले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...