अहिले तरंगमा

Desh Paradesh

केहि छिनमा

Nepal Bani Khabar

समाचार

चापाकोटमा अन्तर्रा्ष्ट्रिय श्रमिक दिवस मनाइयो

news

रेडियो आँधीखोला
वालिङ, १९ बैसाख ।
१२९ औ अन्तर्रा्ष्ट्रिय श्रमिक दिवस चापाकोट स्याङ्जामा मनाईएको छ । चापाकोट श्रमिक ब्यवस्थापन मञ्चको आयोजनामा मंगलबार चापाकोट सुन्तलीटारमा एक कार्यक्रमको आयोजना गरि दिवस मनाईएको हो । कार्यक्रममा चापाकोट नगरपालिकाका नगर प्रमुख शिबकुमार गिरीले श्रमिकहरुको हक हितका लागि नगरपालिका सदैव प्रयासरत रहने कुरा बताउनुभयो । कार्यक्रममा  चापाकोट ९ का वडाध्यक्ष शंकर भक्त भण्डारी , हरि पंगेनी, शिव प्रसाद पंगेनी, गायत्री आचार्य, टुकराज पाठक, पुर्वि पाल्पा श्रमिक व्यवस्थापन समितिका महासचिव निलकण्ठ भण्डारी लगायतले श्रमिक दिवस र श्रमिकका हकहितका बारेमा आफ्ना भनाई राख्नुभएको थियो । 
मञ्चका अध्यक्ष चन्द्रबहादुर खाम्चाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष युवराज पंगेनीले स्वागत र संचालन मञ्चका सचिव रामु पाण्डेले गर्नु भएको हो । विश्वका मजदुर एक हौै, मजुदुर दिवस सफल पारौ जस्ता नारा र प्लेकार्ड सहितको ¥र्यालीले सुन्टलीटार बजार परिक्रमा गरेको थियो । २०७४ सालमा चापाकोटमा स्थापना भएको यश चापाकोट श्रमिक व्यवस्थापन मञ्चमा चापाकोट क्षेत्रका करिब १सय जना श्रमिक आवद्ध रहेका हाम्रा सहकर्मी रामचन्द्र भट्टराईले जनाउनुभएको छ ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...