अहिले तरंगमा

केहि छिनमा

समाचार

२३ प्रतिशत महिला स्वास्थ्य संस्थामा सुत्केरी हुन्छन्

तोलाकान्त बगाले
३० बैशाख ।
स्याङ्जामा २३ प्रतिशत गर्भवती महिलाले मात्रै स्वास्थ्य संस्थामा बच्चा जन्माउने गरेका छन् । स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी हुने महिलाहरुको संख्या वर्षेनी घट्दो क्रममा रहेको जिल्ला जनस्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ ।
 
“विगत देखिका तथ्यांकहरुलाई हे¥यौं भने पनि जिल्लाका गर्भवती महिलाहरु कमैमात्रामा स्वास्थ्य संस्थामा आउनुहुन्छ” जिल्ला जनस्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख डाक्टर अमृत पोख्रेलले भन्नुभयो, “उहाँहरुलाई जिल्लाका स्वास्थ्य संस्थामासम्म आउने वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता देखेको छु ।”
 
स्याङ्जा जिल्लामा २०७२÷०७३ मा २५ प्रतिशत, २०७३÷०७४ मा २५.७ प्रतिशत र २०७४÷०७५ को हालसम्म २३ प्रतिशत मात्रै गर्भवती महिलाहरुले जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुमा आएर सेवा लिएका जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
 
“स्याङ्जा जिल्लाभित्र जम्मा २२ वटा बर्थिङ सेन्टरहरु रहेका छन्” जनस्वास्थ्य प्रमुख डाक्टर पोख्रेलले भन्नुभयो, “गर्भवती महिलाहरुको पहुँचका दृष्टिले पनि यो संख्या प्रर्याप्त होईन यसलाई बढाएर प्रत्येक वडामा एउटा बर्थिङ सेन्टर निर्माणमा जोड दिन सक्यो भने मात्रै स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी हुने महिलाको संख्यामा बृद्धि हुने छ ।”
 
जिल्लामा सुविधा सम्पन्न अस्पताल नहुनु, दक्ष जनशक्तिको अभाव, आधुनिक किसिमका यन्त्र उपकरणहरुको अभावका कारण पनि यहाँका महिलाहरु पोखरा तथा पाल्पाका अस्पतालहरुमा जाने गरेका छन् । 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...