अहिले तरंगमा

केहि छिनमा

समाचार

ग्रिन वडा बनाउन नर्सरीमा श्रमदान गर्दै वडाबासी

तोलाकान्त बगाले
३१ बैशाख 
स्याङ्जाको गल्याङ नगरपालिकाको १० नम्बर वडालाई ग्रिन वडाकोरुपमा विकास गर्न वडाबासीहरु लागिपरेका छन् ।
खाली रहेका जमिन र बाटोको दायाँबायाँ बृक्षारोपण गरी वडालाई हरियाली वडाकोरुपमा विकास गर्नका लागि गाउँसौरामा विभिन्न जातका १५ हजार विरुवाको नर्सरी गरिएको वडा अध्यक्ष ध्रुबप्रसाद शर्मा पंगेनीले बताउनुभयो ।
आँप, कागती, सुन्तला, अम्बाजस्ता मौसमी फलफूलहरु तीन हजार र सल्ला, खयर, कपुर, कल्पी, धुपी तथा विभिन्न घाँसे विरुवा बाह्र हजार गरी कुल पन्ध्र हजार विरुवाको नर्सरी गरिएको छ ।
“नर्सरी गरिएका विरुवाहरु लगाउन तयार भएपछि वडाबासीको जनश्रमदानमा वडाभरी नै रोपिन्छ” वडा अध्यक्ष ध्रुबप्रसाद शर्मा पंगेनीले भन्नुभयो, “यो अभियानालाई आगामी वर्षहरुमा पनि निरन्तररुपमा सञ्चालन गर्दै लगिने छ ।”
ग्रामीण भेगहरुमा मानिसले विभिन्न प्रयोजनका लागि रुख कटानी गर्ने तर नयाँ विरुवाहरु नरोप्ने गर्दा जंगल मासिदै गएकाले पानीका मुहानहरु सुक्न सक्ने, बाढी पहिरोजस्ता दैवि विपत्ति हुन सक्ने भएकाले वडा कार्यालयको अगुवाई र वडाबासीको संयुक्त पहलमा विरुवा नर्सरी गरिएको हो ।
“वडाभरीका प्रत्येक घरधुरीलाई पहिलो चरणमा सात वटाका दरले विरुवा वितरण गरिने छ” वडा अध्यक्ष शर्माले भन्नुभयो, “वडाबासीको उत्साहपूर्ण सहभागिता एवम् जनश्रमदानसमेत रहेको छ ।” वन कार्यालयको प्राविधिक सहयोगमा नर्सरीको रेखदेखका लागि स्थानीय तेजनिधि खनाललाई लगाईएको अध्यक्ष पंगेनीले बताउनुभयो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...