अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

गल्याङको कुखुरा फर्ममा चट्याङ पर्दा ४ लाखको क्षति

news

रेडियो आँधीखोला,
वालिङ २, जेठ ।
स्याङजाको गल्याङ नगरपालिका ७ पटकाङमा चट्याङ पर्दा कुखुराहरु मरेका छन् । स्थानीय यामलाल अधिकारीको कुखुराफर्ममा चट्याङ पर्दा ४ सय ५० बेच्ने तयारी भएका कुखुराहरु मरेका हुन् । वडा प्रहरी कार्यालय प्रमुख चिनकपुर गुरुङका अनुसार कुखुरासंगै फर्ममा रहेका दाना, भुस, भिटामिनलगायतका कुुखुरा फर्मका सामानहरु तथा फर्म समेत जलेर नष्ठ भएका छन् । सोमबार बिहान ३ बजेको समयमा वर्षासंगै एक्कासी चट्याङ पर्दा अधिकारीको फर्ममा क्षति हुन पुगेको हो ।  प्रहरीका अनुसार फर्ममा साढे ४ लाखको क्षति भएको छ । 
यसअघि अधिकारीले २ लट हजार कुखुराहरु बेचिसक्नुभएको थियो । ४२ वर्षीय अधिकारीले आज भोलीमै ति साढे ४ सय कुखुराहरुलाई बेचेर नयाँ चल्लाहरु समेत अर्डर गरीसक्नुभएको उहाँले बताउनुभयो । ५ सन्तानका अधिकारीले अर्कैको जग्गा भाडामा लिएर कुखुराफर्म विगत ८ महिनादेखि मात्रै सञ्चालन गर्नुभएको हो । शुरुमै कुखुराको कुनै ईन्स्युरेन्स समेत नगरेका अधिकारी सबै नष्ठ हुँदा चिन्तामा पर्नुभएको छ । उता कालिगण्डकी गाउँपालिकामा सिलिण्डर पड्किएर आगोलागी भएको छ ।  वडा नं. १ को चण्डीभञ्याङ स्थित चोकप्रसाद श्रेष्ठको किराना पसलमा क्षति भएको छ । श्रेष्ठको घुम्ती पसलमा अचानक सिलण्डर पडकिँदा आगोलागी भई किराना सामानहरु तथा फ्रिजमा क्षति हुँदा २ लाख ९० हजार बराबरको क्षति भएको हो । 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...