अहिले तरंगमा

Aadhunik Sangeet Bahar

केहि छिनमा

National News

समाचार

गल्याङको १० नं. वडालाई नमुना बनाउनको लागी विभिन्न १० बुँदे प्रतिवद्धता

news

रेडियो आँधीखोला,
वालिङ २, जेठ ।
गल्याङको वडा नं. १० मा बसेको स्थानीयको भेलाले वडालाई नमुना वडाको रुपमा विकास गर्नका लागी विभिन्न १० बुँदे प्रतिवद्धता जनाएका छन् । सोमबार स्थानीयको भेलाले घर टोललाई पुर्ण  सरसफाई तथा सुरक्षित वातावरणयुक्त बनाउने, महिला हिंसा, झैझगडा मुक्त वडा बनाउन, स्वारोजगार सृजना गरि एक घर एक पेशाको विकास गर्ने, मासिक रुपमा टोलसफाईमा लाग्ने, हरित वडा बनाउने, हाम्रो विद्यालय राम्रो विद्यालय बनाउने, वडामा हुने विकासमा सक्रिय सहभागिता जनाउँदै विकासमा हातेमालो गर्ने, एकघर एक बैंक खातामार्फत बचतको बानी बसाउनेलगायतमा प्रतिवद्धता जनाएका छन् । यसबैबीच एनआईसि बैंक वालिङ साखाद्धारा वडामा २ सय निशुल्क खाता खोलिएको छ । त्यस्तै वडामा सरसफाईका आधारमा निलो र हरियो स्टीकर टाँस्ने कार्य समेत शुरु गरिएको छ । वडामा रहेका घर घरमा पुर्ण सरसफाई भएकोमा हरियो र सरसफाई कार्य जारी रहेकोमा निलो स्टिकर टाँसिएको वडा अध्यक्ष धु्रवप्रसाद शर्मापंगेनीले बताउनुभयो । सिंगो मुलुकलाई विकास गर्नका लागी शुरुवात वडा तथा टोलबाटै हुनुपर्छ भन्दै वडा नं. १० लाई विकास, सरसफाई तथा वातावरणीय हिसाबले नुमना बनाउने अभियानमा जुटिरहेको अध्यक्ष पंगेनीले बताउनुभो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...