अहिले तरंगमा

Aandhikhola Khabar

केहि छिनमा

Cine Songs

समाचार

मोती जयन्ती

मोती जयन्ती
राष्ट्रिय विभूति, नेपाली साहित्यको माध्यमिककालमा शृङ्गारधाराका प्रवर्तक मोतीराम भट्टको १ सय ५० औँ जन्मजयन्ती मुलुकभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
 
विसं १९२३ साल भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ साल भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको अल्पायुमै परलोक भएका भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पु¥याउनुभएको थियो ।
 
नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि मोतीराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखानासमेत भित्र्याउनुभएको थियो । 
 
यता स्याङजा साहित्य प्रतिष्ठान र रणबीर जनहित उच्चमावि खहरेको सयुक्त आयोजनामा युवा कवि मोतिराज भट्टको १ सय ५०औँ जन्मजयन्ती रचना वाचन तथा श्रीमदभावगत गीताको भाषा श्लोक लोकापर्ण गरी मनाइएको छ । 
 
कार्यक्रममा बोल्दै विद्वान पण्डित नारायणप्रसाद शर्माले नेपाली साहियत्वमा भट्टको उच्च योगदान रहेको भन्दै छोटो उमेरमै धेरै सफलता गर्न सकेको बताउनुभयो ।
 
कार्यक्रममास्याङजा साहित्य प्रतिष्ठानका अध्यक्ष विश्वप्रेम अधिकारी, वरिष्ठ साहित्यकार देविप्रसाद वनबासी, माधवशरण रेग्मी, लेखनाथ काफ्ले, रामचन्द्र थापालगायतले  मन्तव्य राखेका थिए । 
 
रणबीर जनहितका प्राचार्य लक्ष्मीप्रसाद रेग्मीको सभापतित्वमा सम्पन्न कार्यक्रममा शक्षक पदमपानी काफ्लेको स्वागत गर्नुभएको थियो भने सञ्चालन भेषराज साहित्य प्रतिष्ठानका अध्यक्ष यामकान्त खनालले गुर्नभएको थियो ।
 
यता मोति जयन्ती तथा कुशे औशीको विषयमा साईनभिलेज बोडिङ स्कुल वालिङले एक कार्यक्रमको आयोजना गरी मनाएको छ । कार्यक्रममा शिक्षक बसन्त खनाल  र दिपक डुम्रेले मोतिले साहित्यमा पु¥याउनुभएको योगदान  र कुशेँ औँशीको महत्वका बारेमा प्रकाश पार्नुभएको थियो । 
 
विद्यार्थी धिरज कुवँरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रितिसा सुवेदीले स्वागत गर्नुभएको थियो भने सञ्चालन मुना सारुले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...