अहिले तरंगमा

केहि छिनमा

Bhanchhin Aama

समाचार

भीरकोटमा विद्यालय सुुधार योजना निर्माण सम्बन्धी गोष्ठी

news

रेडियो आँधीखोला,
वालिङ २, जेठ ।
स्याङजाको भीरकोट नगरपालिकाको आयोजना र क्षेत्रीय शिक्षा निर्देशानलय पोखराको समंन्वयनमा विद्यालय सुधार योजना निमार्ण सम्बन्धी कार्यशाला गोष्ठि हिजो भीरकोटको भिल्लामा सम्पन्न भएको छ । गोष्ठीको समापन गर्दैै वडा नं. १ का वडा अध्यक्ष तथा नगरप्रवक्ता दिपेन्द्र केसीले शिक्षा नै हाम्रो समाजको ज्योति भएकाले समाज सुधारमा शिक्षाको महत्वपुर्ण भुमिका रहने बताउनुभयो । साथै उहाँले शिक्षक, अभिभाव र विद्यार्थी गरी यी ३ तहले आफ्ना कर्तव्यप्रति निष्ठावान हुनुपर्ने बताउँदै गुणस्तरीय शिक्षामा जोड दिनुभयो । कार्यक्रममा दहुथम माविका प्रधानाध्यापक वेदप्रसाद अर्यालले समेत शुभकामना मन्तव्य राख्नुभएको थियो भने बालज्योतिमाविका शिक्षक दुर्गाप्रसाद पौडेलले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यशाला गोष्ठिमा भीरकोट शिक्षा शाखा प्रमुख टंकप्रसाद ढकाल र स्रोतव्यक्ति जयप्रसाद चापागाँईले सहजीकरण गर्नुभएको थियो । गोष्ठीमा नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो । साखाप्रमुख टंकप्रसाद ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन स्रोतव्यक्ति खुमाकान्त खनालले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...