अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

योजनाहरुको अनुगमन गर्दै भीरकोट नगरपालिका

रेडियो आँधीखोला,
वालिङ २, जेठ ।
भिरकोट नगरपालिकाले वडामा सञ्चालित योजनाहरुको अनुगमन कार्य जारी राखेको छ । नगरउपप्रमुख सिमा केसीकर्मचार्यको संयोजकत्वमा गठित अनुगमन समितिले अनुगमन कार्य जारी राखेको हो । यही बैसाख २४ गतेबाट नगरपालिकाका ९ वटै वडामा सञ्चालित योजनाहरुको अनुगमन गर्ने कार्य जेठ ५ गतेसम्म चल्ने योजना अधिकृत यामप्रसाद रेग्मीले जानकारी दिनुभयो । वडाका योजनाहरु अनुगमन गर्दा सोही वडाका वडा अध्यक्षको साटो बैकल्पिक वडाअध्यक्षहरुको संलग्नतामा अनुगमन गर्ने गरिएका अधिकृत रेग्मीले बताउनुभयो । योजनाहरुको अनुगमन गर्दा योजनाले छिट्टै पुर्णता पाउने, योजनाहरुमा अनियमिता तथा ढिला सुस्तीको न्युनिकरण हुने अपेक्षा लिईएको छ । साथै अनुगमन टोलीले अनुगमनका क्रममा विभिन्न वडामा आवश्यक योजनाहरुको समेत अवलोकन गरेका छन् । अनुगमन टोलीले सिंचाई, लिफटिङ खानेपानी, ग्रामिण सडक स्तरोन्नतीलगायतका योजनाहरुको अनुगमन गरेका छन् ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...