अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

आँधीखोलामा ७ दिने क्रिस्टल बनाउने तालिम सुरु ।

news

रेडियो आँधीखोला,
वालिङ २, जेठ ।
स्याङ्जाको आँधीखोला गाउँपालिकामा ७ दिने क्रिस्टल चुरापोते बनाउने तालिम सुरु भएको छ । महिला उद्यमीहरु उत्पादन गरि समृद्ध गाउँपालिका निर्माण गर्नको लागि गाउँपालिकाको आयोजनामा तालिम सञ्चालन गरिएको हो ।तालिमको उद्घाटन गर्दै गाउँपालिका प्रमुख सुधिर कुमार पौडेलले महिलाहरुको आयआर्जन बृद्धि भए गाउँपालिका नै समृद्धि तर्फ जाने भन्दै  तालिम कुशलतापूर्वक सिक्न सहभागिहरुलाई आग्रह गर्नुभयो । तालिमको उद्घाटन सत्रमा गाउँपालिका उपप्रमुख शर्मिला पौडेल, महिला विकास अधिकृत चन्द्र कुमारी व्यञ्जनकार, जिल्ला समन्वय समिति सदस्य सिता थापा लगायतले बोल्नुभएको थियो । ६ वडाका २५ जना महिलाहरुको सहभागिता रहेको तालिममा सुनिता क्षेत्रीले सहजीकरण गर्नुहुनेछ ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...