अहिले तरंगमा

केहि छिनमा

Khulduli.com

समाचार

कागे्रस मुलुकको अभिभावकः नेता तथा पुर्व मन्त्रि थापा

news

रेडियो आँधीखोला,
वालिङ, ७ जेठ ।
नेपाली कागे्रसका केन्द्रिय सदस्य तथा पुर्व स्वास्थ्य मन्त्री गगन थापाले नेपाली कागे्रस पार्टी मुलुकको अभिभावक भएको बताउनुभएको छ । थापाले लोकतन्त्रको रक्र्षाथ नेपाली कागे्रस मुलुकको अभिभावकका रुपमा रहेको बताउनुभएका हो ।  स्याङजाको वालिङमा आईतबार गरीएको स्वागत तथा कार्यकर्ता भेटघाटमा नेता थापाले मुलुकमा विगतमा भएका संक्रमणहरुको अन्त्य गर्दै देशलाई शुसासन तथा समृद्धिको बाटोमा लैजानको निमित्त सदा एक अभिभावकको भुमिका निर्वाह गरेको बताउनुभयो । 
नेपाली कागे्रसको नेतृत्वमा नै संविधान जारी भई त्यसको कार्यान्वयको लागी समेत ३ तहको निर्वाचन सम्पन्न भई मुलुक पुर्ण विकासको गतिमा लम्किएको बताउनुभयो । बहुमतको नाममा सरकारले सत्ताको दुरुपयोग गर्न खोजे खबरदारीका साथ विरोध गर्दै लोकतन्त्रलाई रक्षा गर्नकै लागी कागे्रस बलियो प्रतिपक्षीका रुपमा उभिएको उहाँले बताउनुभयो । कार्यक्रममा कागे्रसका क्षेत्रिय सभापति अर्जुनप्रकाश अर्यालले स्वागत गर्नुभएको थियो । कार्यक्रममा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेका थियो । 
यसैबीच उता स्याङजा सदरमुकाममा  गरिएको तरुण प्रशिक्षणलाई सम्बोधन गर्दै नेता थापाले कम्युनिष्ट सरकारप्रति कटाक्ष गर्दै टेम्पोको ईन्जिनले जेट नचल्ने भन्दै जेटका लागी सोही अनुसार ईन्जिनकै आवश्यकता पर्ने बताउनुभयो । नेता थापाले वर्तमान सरकार अरुलाई लम्पसार बादी भन्ने आज आँफै यसको सिकार भएको भन्दै नेपाल र नेपाली हितमा काम गर्न आग्रह समेत गर्नुभयो । 
कार्यक्रममा काग्रेस जिल्ला सभापति कमलप्रसाद पंगेनी, महासमिति सदस्य खगेन्द्रराज रेग्मी, पुर्व सांसद राजु थापा, प्रदेश सभा सदस्य तथा प्रदेशका उपनेता मेखलाल श्रेष्ठलगायतले कागे्रसले विगतमा गरिएको राम्रा कार्यहरुलाई आत्मसाथ गर्दै कमीकमजोरीहरुलाई औँल्याउँदै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रम तरण दलका जिल्ला अध्यक्ष तथा प्रदेश सांसद भागवतप्रकाश मल्लको सभापितित्वमा सम्पन्न भएको थियो । प्रशिक्षणमा जिल्लाका युवाहरुको उल्लेख्यनीय सहभागिता रहेको थियो ।
उता गल्याङमा गरिएको कार्यकर्ता भेट्घाटमा थापाले युवाहरू जागरुक हुनुपर्ने बेला आएको बताउनुभयो । थापाले बितेका कुरामा समय खर्चनु भन्दा तरुणहरु सरकारले गर्ने अबैधानिक निर्णय विरुद्ध उर्तनका लागी तयारीमा बस्न आग्रह गर्नुभयो । नगर सभापति श्याम प्रसाद बस्यालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।