अहिले तरंगमा

Prabhat Bani

केहि छिनमा

Kayakairan

समाचार

धार्मिक महायज्ञको समापन गरियो

धार्मिक महायज्ञको समापन गरियो
स्याङजाको वालिङमा सञ्चालित पितृमुक्ति भुमिदान धार्मिक मेला २०७३ आज समापन गरिएको छ । महायज्ञको समापन गर्दै सांसद कमलप्रसाद पंगेनीले श्रीमदभागवत तथा धार्मिक मेलाको रुपमा विभिन्न विकृति विसंगति फैलिरहेकोे भन्दै भागवतको हामी सबैले सम्मान गर्नुपर्ने बताउनुभयो । 
साथै जुन उद्देश्य राखेर मेला तथा सप्ताहको आयोजना गरिएको छ  त्यही उद्देश्य सम्म पुग्नुपर्नेमा जोड दिँदै वालिङमा सम्पन्न पितृमुुक्ति भुमिदान मेला निकै सफलताका साथ सम्पन्न भएको बताउनुभयो । साथै उहाँले केदारनाथ मन्दिर निर्माणको  लागी जग्गा खरिद तथा निर्माणमा आफ्नो स्थानबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 
११ औँ दिन सम्म चलेको धार्मिक मेलामा करिव १ सय ५० जनाले पितृमुक्तिको लागी भुमिदान गरेका छन् भने ३० जनाले घरलाई मन्दिर बनाउने र ६ जनाले विश्वजागरण महाअभियान ट्रष्टको सदस्यता लिएका छन् । धार्मिक मेलामा कसैलाई करकाप नगरी स्वइच्छाचारी ढङगबाट दान गर्नुहुने सम्पुर्ण भक्तजनहरुलाई कृतज्ञता ज्ञापन गर्दै मेला सफलताका साथ सुसम्पन्न भएको समितिका अध्यक्ष सिताराम अधिकारीले बताउनुभयो । 
महायज्ञ मुल सम्पाद समितिका अध्यक्ष सिताराम अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहसंयोजक सरस्वती अर्यालले स्वागत गर्नुभएको थियो भने सञ्चालन सचिव दर्गा न्यौपानेले गर्नुभएको थियो । 
विश्वजागरण महाअभियान ट्रष्ट तथा यज्ञ सम्पादन मुल समिति वालिङ स्याङजाले आयोजना गरेको श्रीमदभागवत भुमिदान पितृमोक्षका लागी माटो संकल्प गरिने महाअनुष्ठान पितृमुक्ति भुमिदान धार्मिक मेला २०७३ यही भाद्र ६ गतेबाट शुरु भएको थियो । 
विनाशकारी भुकम्पबाट असहाय अनाथ बनेका बालकालिकाहरुका लागी देवघाटमा निर्माण प्रारम्भ गरिएको आवसीय गुरुकुलम निर्माण तथा केनारनाथ मन्दिर वालिङ जिर्वोद्धार सहयोगार्थ स्वरुप मेलाको आयोजना गरिएको हो ।
धार्मिक मेलामा पितृ मोक्षका लगि भुमिदान गर्ने अवशर, नेपालका प्राय सन्तहरुको मुखारविन्दबाट आशीर्वचन, घर घरलाई मन्दिर बनाउने कार्यक्रम, द्धादश ज्योतिर्लिङ पूजन, १ लाख रुद्राक्ष एवं विभिन्न तिर्थहरुको जलार्पण, राष्ट्रिय कलाकारहरुद्धारा भजन कीर्तन तथा झाँकि प्रदशन गरिएको थियो । 
साथै देवघाटधामको माटो यज्ञस्थलमा संकल्प गर्दै शरीर बराबर २ गज भुमिदान विधिवत रुपमा गरिने व्यवस्था मिलाईएको थियो भने भुमीदाता पितृको नाम सिलालेख राखी वार्षिक पुण्य तिथिमा ब्राम्हणद्धारा देवघाटमा १५ वर्ष सम्म पितृमुक्ति तर्पण गराइने व्यवस्था समेत मिलाईएको थियो । 
मेलामा विश्व विख्यात कथावाचक एवंम विश्वजागरण महाअभियान ट्रष्ट तथा मोक्षधाम सेवा आश्रमका अध्यक्ष ईश्वरकृष्ण महाराज जीले संगितमय कथावाचन गर्नुभएको थियो । 
धार्मिक मेलामा करिव करिव ३० लाख दानरकम संकलन भएको आयोजकले दावी गरेको छ । मेलामा संकलित रकम मध्ये खर्च कटाएर ५० प्रतिशत वालिङ केदारनाथ मन्दिर जिर्णोद्धार तथा ५० प्रतिशत देवघाट असहाय विद्यालयमा खर्च गरिने यज्ञ सम्पादन मुल समितिका अध्यक्ष सिताराम अधिकारीले जानकारी दिनुभयो ।   
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...