अहिले तरंगमा

केहि छिनमा

Khulduli.com

समाचार

थुमपोखराका महिलाहरु विद्यालय भर्ना

news

रेडियो आँधीखोला,
वालिङ, ७ जेठ ।
स्याङजाको वालिङ १३ थुमपोखराका महिलाहरु आफ्नो अध्ययनका लागी विद्यालय भर्ना भएका छन् । स्थानीय थुमपोखरा महिला कृषि सहकारी संस्थामा आवद्ध २० जना महिलाहरु आईतबार वालिङ १३ कै लक्ष्मी माध्यमिक विद्यालयमा भर्ना भएका हुन् । शिक्षा नै महत्वपुर्ण पक्ष  रहेछ भन्ने महशुस भएपछि बीचमै छाडिएको कक्षाबाट निरन्तरताको  लागी महिलाहरु विद्यालय भर्ना भएका हुन् ।  नेटाका ४८ वर्षीय दिपकला गैह्रे कक्षा ५ मा भर्ना हुनुभएको छ । गैह्रे भन्नुहुन्छ, “पहिले पहिलेका समयमा छोरीलाई धेरै पढाउन लेखाउन हुँदैन भन्ने सोँच थियो, त्यस्तै कारण पढाईलाई पुरा गर्न सकिन् । अहिले फेरि पढाईलाई निरन्तरता दिने साहस आयो ।” गैह्रेका छोराछोरी अहिले कक्षा ११, १२ मा अध्ययन गरिहेका छन् । छोराछोरीको प्रेरणाले समेत आफ्नो अध्ययनलाई निरन्तरताका लागी सहयोग गरेको उहाँको भनाई छ । 
 
त्यस्तै २५ वर्षीय मन्जु गैह्रे समेत कक्षा ११ मा भर्ना हुनुभएको छ । विवाहपछिको व्यवस्थताले अध्ययनलाई पुरा गर्न नभ्याउनुभएकी गैह्रे ११ कक्षा मा भर्ना हुनुभएको छ । २५ देखि ४५ वर्षसम्म उमेरसमुहका २० जना महिलाहरु कक्षा ५ देखि ११ कक्षासम्म भर्ना भएको विद्यालयले जनाएको छ । भर्ना भएका  महिलाहरुले हरेक दिन अन्य विद्यार्थीहरुसंगै आफ्नो पठनपाठनलाइ निरन्तरता दिनेछन् । भर्ना भएका महिलाहरुलाई विषेश कक्षाका साथमा कम्युटर र संगित कक्षा समेत दिईने विद्यालयले जनाएको छ ।