अहिले तरंगमा

केहि छिनमा

Khulduli.com

समाचार

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको विजेता लक्ष्मी सम्मानित

news

रेडियो आँधीखोला,
वालिङ, ७ जेठ
आठौ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको विजेता लक्ष्मी माबि  वालिङ १३ लाई आईतबार स्थानीय महिला समुहले विद्यालयमै गई सम्मान गरेका छन् । थुमपोखरा महिला कृषि सहकारी संस्थाले विद्यालय तथा प्रतियोगिहरुलाई विद्यालय प्राङगणमा एक कार्यक्रम गरी सम्मान तथा बधाई ज्ञापन गरेका  छन् । 
 सम्मान कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गोपाल गैह्रेले विद्यार्थीहरुले खेलक्षेत्रमा पु¥याएको योगदानले समग्र विद्यालय परिवारको गरिमा उच्च स्थानमा पुगेको भन्दै विद्यार्थीहरुलाई धन्यवाद समेत व्यक्त गर्नुभयो ।  सहकारीका अध्यक्ष सिता गैह्रेको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मिना न्यौपाने र सञ्चालन चण्डिका गैह्रेले गर्नुभएको थियो । जिल्ला खेलकुद बिकास समितिको आयोजनामा गत बैसाखमा सम्पन्न प्रतियोगितामा लक्ष्मी मावि १० स्वर्ण, ५ रजत र १ कास्य पदका साथ विजेता बनेको थियो ।