अहिले तरंगमा

केहि छिनमा

Khulduli.com

समाचार

पोषण तथा स्वास्थ्य कार्यक्रम हिमसिखरमा

रेडियो आँधीखोला,
वालिङ, ७ जेठ ।
पोषण तथा स्वास्थ्य शिक्षा कार्यक्रम वालिङ १४ स्थित हिमसिखर आधारभुत विद्यालय पेखू ठानामा आईतबार सम्पन्न भएको छ । विद्यालयको वार्षिक कार्यक्रम अनुसार पोषण तथा स्वास्थ्य शिक्षा कार्यक्रम गरिएको हो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मित्रलाल खनालले जाईका संस्थाबाट शुरु गरिएको पोषण सप्ताह हरेक वर्ष मनाईने बताउनुभयो । कार्यक्रममा जुका नियन्त्रण तथा पोषण सम्बन्धी पेखू स्वास्थ्य चौकीका पवित्रा भुसाल र औषधी तथा सरसफाई सम्बन्धी शिक्षकद्धोय श्याम खांण र ज्ञानकुमारी द्धवारेले सहजीकरण गर्नुभएको थियो ।  पोषण सप्ताह अन्र्तगत विद्यालयले विद्यार्थीहरुको शारिरिक परिक्षण, सरसफाई तथा जुकाको औषधी, पोषण सम्बन्धी कार्यक्रम गर्ने गरेको विद्यालयले जनाएको छ । विद्यालयका व्यवस्थापन समिति अध्यक्ष टेकबहादुर खांणको सभपातित्वमा सम्पन्न कार्यक्रममा स्वागत शिक्षक सन्तु खांण  र सञ्चालन फोकल शिक्षक दिर्घकुमारी मल्लखांणले गर्नुभएको थियो ।