अहिले तरंगमा

केहि छिनमा

Khulduli.com

समाचार

तमुवान मगरात प्रदेश नामाकंन गर्न माग गर्दै दबावमुलक ¥याली

news

कला राना,
वालिङ, १९ जेष्ठ ।
प्रदेश नं. ४ लाई तमुवान मगरात प्रदेश नामाकंन गर्न माग गर्दै शनिबार स्याङजाको वालिङमा आदिवासी जनजातीले शान्तीपुर्ण पैदल¥याली गरेका छन् । जिल्लाका ११ वटै स्थानीय तहमा बसोबास गर्ने आदिवासी जनजातीहरुको ¥यालीले वालिङ खेलमैदानबाट शुरु भई भिआईपी टोल, तल्लो वालिङ, भुम्रे भकुण्डे हुँदै वालिङ मोडमा आएर कोणसभामा परिणत भएको हो । 
कोणसभालाई सम्बोधन गर्दैै पुर्व मन्त्री ईन्द्रबहादुर गुरुङले पहिचान, भाषा र संस्कृतिको आधारमा प्रदेश नं. ४ लाई नामांकन गर्नुपर्नेमा जोड दिए । जातिय पहिचानका आधारमा प्रदेश नामांकन गर्दा जातीय द्धन्द्ध हुन्छ भन्ने भ्रम मात्र रहेको भन्दै विश्वमा पहिचानकै आधारमा नामाकरणमा रहेका मुलुकहरु विकसित र समृद्ध रहेको समेत बताए । सरकारी कामकाजमा मातृभाषाको प्रयोग हुनुपर्ने बताउँदै सरकारले आदिवासी जनजातिहरुको महत्वपुर्ण ६ पर्वहरु कटौती गरिएको भन्दै यसले परम्परा तथा ऐतिहासिक संस्कृति पर्वहरुलाई अवहेलना गर्न खोजेको आरोप समेत लगाए । 
कार्यक्रममा तमुवान मगरात सँयुक्त संर्घष समितिका प्रदेश संयोजक ल्या. यामबहादुर गुरुङ तमू ह्युँला छोँजधी गुरुङ राष्ट्रिय परिषदका जिल्ला अध्यक्ष रवि गुरुङ, नेपाल मगर संघका जिल्ला अध्यक्ष हेमन्त राना, कुमाल समाजका हुमबहादुर कुमाललगायतले जनजातिको बाहुल्यता भएको प्रदेश नंं ४ लाई तमुवान मगरात प्रदेश नामांकन गर्नुपर्ने माग गर्दै प्रदेस सरकारलाई  यसप्रति गम्भीर हुन आग्रह गरे । आदिवासी जनजाती महासंघका अध्यक्ष जुमकाजी गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव लोकेन्द्र थापाले गरेका थिए ।  
¥यालीमा गुरुङ, मगर, नेवार, भुजेल, थकाली, माझीलगायतका आदिवासी जनजातीहरुले आ–आफ्नो भेषभुषा तथा झाँकीसहित आदीवासी जनजाती एक हौँ, तमू ल्होसार, माघेसक्रान्तीलाई पुर्नस्थापित गर, आईएलओ १६९ महासन्धी कार्यान्वयन गर, प्रदेश नं. ४ लाई तमुवान मगरात प्रदेश घोषण गरलगायतका नारा लेखिएको प्लेकार्डहरु बोकेका थिए ।