अहिले तरंगमा

केहि छिनमा

Khulduli.com

समाचार

बाणिज्य बैक बिस्वसनीय बैक—सचिव गुरुङ्

news

कला राना,
वालिङ, १९ जेठ ।
सुचना तथा संचार प्रबिधी सचिब तथा राष्ट्रिय बाणिज्य बैकका अध्यक्ष महेन्द्रमान गुरुङ्ले बाणिज्य बैक बिस्वसनीय बैक भएको बताउनु भएको छ । अर्जुन चौपारी गाउँपालिका १ स्याङ्जामा राष्ट्रिय बाणिज्य बैकको अर्जुन चौपारी शाखाँको उद्घाटन गर्दै शनिबार गुरुङ्ले निजी बैक सगँ प्रतिप्रर्धीको रुपमा काम गर्नु परेको बताउनुभयो । उहाँले सरकारी स्वामिन्तमा स्थापित बैक बिगतमा भन्दा ससक्त रुपमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।  
 
बैकले भोलीका दिनमा वडाबाट सेवा दिनुपर्ने बताउदै सचिब गुरुङ्ले भन्नुभयो —“चाहे घुुम्ति होस् , चाहे शाखाँको रुपमा होस ।” बैकले प्रदान गर्ने सेवा, अवसरको सदुपयोग गर्न आग्रह गर्दै गुरुङ्ले वडा तहमा बैकको बिस्तार क्रमिक रुपमा हुने दाबी गर्नुभयो । टेलीकमका अध्यक्ष समेत रहनु भएका गुरुङ्ले टेलिफोनको सुबिधा सबै ठाउँमा पुराउनु पर्ने भन्दै तत्काल सबै तहमा ल्यान्ड लाईनको सुबिधा पुराउने बताउनुभयो । 
 
यस्तै बैक शाखा प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैक मुनाफा भन्दा पनि बित्तिय पहुच पुराउने उदेश्यले खोलिएको बताउनुभयो । ४० प्रतिशत सेवा बिद्युतिय पद्धतिबाट दिइएको बताउदै श्रेष्ठले चाडै सबै क्षेत्रमा बिद्युतिय सेवा प्रदान गर्ने बताउनुभयो । यस्तै कार्यक्रममा अर्जुनचौपारी गाउँपालिका प्रमुख दिर्घनारायण अर्यालले जनता बैंकमा होइन बैंक जनतामा जानुपर्छ भन्ने मूल मर्मअनुसार जनतालाई सेवा प्रवाह गर्न आग्रह गर्नुभयो ।
 
त्यस्तै नायब महाप्रबन्धक उद्धब खनाल, क्षेत्रिय प्रबन्धक जगजिवन श्रेष्ठ, गाउँपालिका अध्यक्ष दिर्घनारायण अर्याल लगायतले मन्तब्य राख्नुभएको थियो । बंकले देशभरका विभिन्न शाखाहरुबाट १ सय १६ अर्ब कर्जा लगानी गरी १ सय ५४ अर्ब निक्षेप संकलन गरेको छ । बैंकले ३ अर्बभन्दा बढि मुनाफा संकलन गरेको छ । कार्यक्रममा स्थानिय पंञ्चकन्या मा.बी कक्षा १० का ४५ जना बिध्यार्थीहरुलाई स्टेश्नरी समेत बितरण गरिएको थियो ।।