अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

पार्टीभित्र गुट–उपगुटको अन्त्य गर्नुपर्ने नेता गुरुङ

news

कला राना,
वालिङ, १९ जेठ ।
नेपाली कांग्रेसका युवा नेता धनराज गुरुङले अबको समयमा नेपाली कांग्रेस सच्चिनुको विकल्प नरहेको बताउनुभएको छ । गुरुङ्ले पार्टी नसच्चिए राप्रपा आकारको नेपाली कांग्रेस बन्ने धारणा व्यक्त गर्नुभयो ।  शनिबार पुतलीबजारमा नेपाल विद्यार्थी संघ स्याङ्जाले आयोजना गरेको अन्तरकृया कार्यक्रममा गुरुङ्ले पार्टीमा देखीएका गुट–उपगुटको अन्त्य गर्नुपर्ने बताउँदै गुट–उपगुट सक्रिय हुदाँ स्थानीय तह, प्रदेश र संघको चुनावमा पराजित खानुपरेको जिकिर गर्नुभयो ।  नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका गुरुङ्ले स्याङ्जामा नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले रचनात्मक कार्य गरेको बताउदै नेविसंघ र तरुण दलमा लागेका युवाहरुले पार्टीलाई मुल मन्त्रका साथ हेर्नुपर्ने बताउनुभयो । 
 
कार्यक्रममा नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष अजित क्षेत्रीले विद्यार्थीहरुले संगठनको निर्देशन अनुसार काम गर्ने बताउनुभयो । कार्यक्रममा दिपेन्द्र खड्का, विकास थापा, रञ्जिता रेग्मी, नेविसंघ क्षेत्रिय अध्यक्षहरु विज्ञान भण्डारी, विश्वास लम्साल र धनराज पौडेल,लगायतले बोल्नुभएको थियो । यसैबीच नेविसंघले जिल्ला सदस्यहरुमा कुमारबाबु हिताङ, विपिन काफ्ले, खेम चापागाँई, राजन रेग्मी, सन्दिप कँडेल, दिक्षान्तप्रताप खांण, चुत्रबहादुर महतलाई मनोनित गरेको छ भने अाँधीखोला गाउँपालिकाको अध्यक्षमा रञ्जित क्षेत्रीलाई चयन गरेको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...