अहिले तरंगमा

Nepali khabar

केहि छिनमा

Kayakairan

समाचार

दहथुम बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा श्रेष्ठ

रेडियो आँधीखोला,
वलिङ, १९ जेष्ठ ।
दहथुम बहुमुखी क्याम्पस भीरकोट २ दहथुम स्याङजाको आठौँ साधारण सभा तथा दोस्रो अधिवेसनबाट अध्यक्षमा पिताम्बर श्रेष्ठलाई सर्वसम्मतले चयन गरिएको छ ।  गत शनिबार साधारण सभा तथा अधिवेसनको उद्दघाटन गरिएपनि एकहप्ता पछि हिजो क्याम्पस सञ्चालक समितिको टुङगो लगाईएको हो । क्याम्पस सञ्चालक समितिको उपाध्यक्षमा विश्वनाथ अर्याल, सदस्यहरुमा ढालविक्रम खांण, यामबहादुर बस्नेत, कृष्णबहादुर अधिकारी क्षेत्रि, हर्कबहादुर गुरुङ, क्षेत्रबहादुर थापा, डिलबहादुर श्रेष्ठ, जगनाथ अर्याल, कृष्णप्रसाद ढुङगाना, शोभितबहादुर थापा र पारसबहादुर केसी रहनुभएको क्याम्पस प्रमुख नेत्रनारायण रेग्मीले जानकारी दिनुभयो । ३ सय ४ जना आजिवन सदस्यहरु रहेको क्याम्पस २०६६ सालमा स्थापना भएको हो । 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...