अहिले तरंगमा

केहि छिनमा

Khulduli.com

समाचार

वालिङ नगरपालिका पुर्ण खोप सुनिश्चित

news

रेडियो आँधीखोला
वालिङ, २७ जेष्ठ ।
स्याङजाको वालिङ नगरपालिकालाई पुर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय स्याङजा र वालिङ नगरकार्यपालिकाको आयोजनामा नगरपालिकालाई शनिबार पुर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।  स्थानीय स्वामित्व र सहभागिता पुर्ण खोप सनिश्चितता हाम्रो प्रतिवद्धता भन्ने नाराका साथ नगरलाई पुर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य मोहनप्रसाद रेग्मीले नगरपालिकाले समग्र स्वास्थ्य क्षेत्रमा गरेको कार्यप्रति खुसी व्यक्त गर्दै आफू प्रदेश सभा सांसद भएको नाताले यस क्षेत्रको विकासका निम्ति कटिवद्ध रहेको बताउनुभयो । 
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख सिताकुमारी सुन्दास, काग्रेसका नगरसचिव भुपराज बगाले, वालिङ प्राथामिक स्वास्थ्य केन्द्रका प्रमुख डा. अनिता पुन, जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत अमृत श्रेष्ठ, समासेवी हुमबहादुर गुरुङ, महिला स्वास्थ्य स्वयंमसेविका शान्ता अर्याललगायतले बोल्नुभएको थियो । नगरपालिकाभरीका जन्मेदेखि २ वर्षभित्रका २ हजार ८९ जना बालबालिकाहरुले पुर्ण खोप पाएसंगै नगरपालिका पुर्ण खोप सनिश्चित घोषणा भएको हो । नगरप्रमुख दिलिपप्रताप खांणको सभपातित्वमा सम्पन्न कार्यक्रममा स्वागत उपप्रमुख कल्पना तिवारी र सञ्चालन स्वास्थ्य साखा प्रमुख मणि पंगेनीले गर्नुभएको थियो ।