अहिले तरंगमा

Desh Paradesh

केहि छिनमा

Nepal Bani Khabar

समाचार

तीज आयो बरिल्यै

news

रेडियो आँधीखोला
वालिङ, २७ जेष्ठ ।
तीज आउन करिव २ महिना छँदा स्याङजाको मध्यभागमा रहेको वालिङबजारमा साँच्चीकै तिज नै आए जस्तो आभास भयो । वालिङबजार भरीका महिलाहरु रातो सारीमा सजिएर छमछमी नाँच्दा तिजमै चेलिबेटिहरु जम्मा भैसकेको जस्तो लाग्यो, शुक्रबार र शनिबार । वालिङ नगरपालिकाका उपप्रमुख कल्पना तिवारीसमेत रातो सारीमा देखिँदा लाग्यो कुनै तिजको कुनै कार्यक्रम होला । 
तिज त तिजको कार्यक्रम तर यहाँ एउटा तिजको गितको छायाँकन गरिएको हो । शुक्रबार र शनिबार गरी २ दिनसम्म यहाँका धार्मिक तथा ऐतिहासिक स्थलहरुमा तिजको गितको छायाँकन गरिएको छ । समृद्धिका लागी महिला समुहले नेतृत्व गरिरहेको छायाँकन कार्यक्रममा वालिङका उद्यमीदेखि विभिन्न संघसंस्थाका कर्मचारीहरुलाई पर्दामा देख्न सकिन्छ । 
चेलिबेटिको माईत जाने विषयलाई उठान गरिएको तिजको गितका रचनाकार संगिता सारथी हुनुहुन्छ भने यसमा रामचन्द्र ढकाल र तारा पौडेलले स्वर दिनुभएको छ । गितलाई वालिङ नगरकार्यपालिकाको प्राङगण, केदारनाथ मन्दिर, कटौँजेको कुँडुले घर, पतञ्जली योग पिठ, छाङछाङदीमा छायाँकन गरिएको सञ्चारकर्मी शान्ता थापाले बताउनुभयो । 
वालिङमा पनि छायाँकन गर्न लायक विभिन्न धार्मिक तथा ऐतिहासिक स्थलहरु छन है भन्ने सन्देश प्रवाह गर्नका लागी गितको छायाँकन वालिङमा गरिएको उद्यमी दुर्गा न्यौपानेले बताउनुभयो । स्याङजाको केन्द्रविन्दुमा रहेको वालिङबजार व्यापारिक, धार्मिक तथा ऐतिहासिक रुपमै महत्वपुर्ण स्थल हो । यहाँका मठमन्दिर तथा विभिन्न स्थलहरु धार्मिक ऐतिहासिक तथा पर्यटकीय रुपमा समेत परिचित छ । 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...