अहिले तरंगमा

केहि छिनमा

Nepal Bani Khabar

समाचार

खेल खबर

खेल खबर
नवज्योति युवाक्बल चापाकोट ९ ठाँटीभञ्याङको आयोजनामा खुल्ला वडास्तरीय भलिबल प्रतियोगिता आजबाट शुरु भएको छ । प्रतियोगिताको उद्दघाटन गर्दै कगे्रस महासमिति सदस्य लक्ष्मीकान्त रेग्मीले खेलले युवाहरुबीचमा अनुसाशनको विकास गर्ने भन्दै अनुसाशित भएर खेल खेल्न आग्रह गर्नुभयो । 
कार्यक्रममा कगे्रस वडा सभापति सुर्यबहदुर सेन, समाजसेवी टिकाराम श्रेष्ठ, जनजागृति निमाविका प्रधानध्यापक बुद्धिसागर भट्टराईलगायतले बोलेका थिए । १८ समुहको सहभागिता रहेको खेल यही भाद्र २१ गतेसम्म चल्नेछ । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने समुहले ३० हजार, २० हजार १० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 
मन्दिरा मल्लको स्वगतसंगै शुरु भएको कार्यक्रमको सञ्चालन गोरव भट्टराईले गुर्नभएको थियो भने क्लबका अध्यक्ष गुप्त मल्लको सभापतित्वमा सम्पन्न भएको हाम्रा सहकर्मी रामचन्द्र भट्टराईले जनाउनुभएको छ ।
यसैबीच उता 
आधीखोला युथ क्लब स्वरेक ९ सिम्लेको आयोजनामा जारी अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा शुरु भएको छ । हरितालिका तिजको अवशरमा ग्रामीण भेगको लोकप्रिय भलिबल प्रतियोगताको उत्थान गरि खेल क्षेत्रमा सहयोग पु¥याउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो । 
प्रतियोगिताको उद्दघाटन गर्दै गाविसका निर्वतमान अध्यक्ष तथा समाजसेवी छायराम खनालले खेलले युवाहरुमा एकआपसमा भाईचाराको विकास गर्दै एकताको भावनाको विकास गर्ने बताउनुभयो । 
कार्यक्रममा जनप्रिय माविका प्रध्यानध्यापक जगनाथ अर्याल, क्या.मानबहादुर राना, सावित्रा थापाल, फुलकुमारी खाँण, चन्द्रध्वोज खाँणलगायतले मन्तव्य राखेका थिए । 
१९ टिम सहभागि रहेको प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने समुहले क्रमशः २७ हजार ७, १७ हजार ७, ७ हजार ७ रुपैँयासहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।