अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

कृति लोर्कापण तथा अक्षर पुरस्कार वितरण

news

रेडियो आँधीखोला
वालिङ, २७ जेष्ठ ।
वालिङ ८ मा शनिबार कृति लोर्कापण तथा अक्षर पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । कान्छा पण्डित बालकुमारी अक्षरपुरस्कार सांस्कृतिक सोध गुठी वालिङ नयाँ बजारद्धारा आयोजित कार्यक्रममा अक्षरमा वालिङ र भोवनेश्वर अर्याल आत्मवृत्तान्त कृतिको सयुक्त विमोचन गरीएको हो । अक्षरमा वालिङका लेखक डा. अच्यतशरण अर्याल हुनुहुन्छ भने भोवनेश्वर अर्याल आत्मवृत्तान्त दीनदयाल रेग्मीले सम्पादन गर्नुभएको हो । कार्यक्रममा बोल्दै राधा सर्वोश्वर मन्दिरका महन्त रुकमिणी शरणदेवले स्थानीय स्तरमा भएगरेका गतिविधिका बारेमा अक्षरमा वालिङ कृति प्रकाशन भएकोमा खुसी व्यक्त गर्दै ९२ वर्षका भोवनेश्वर  जस्ता व्यक्तिको बारेमा कृति लेख्नु ऐतिहासिक दृष्टिले महत्वपुर्णभ भएको बताउनुभयो । 
कृतिको भेषजराज साहित्य प्रतिष्ठानका अध्यक्ष यमकान्त खनाल, नेपाल आर्दश क्याम्पसका प्रमुख दिपक लम्साल, हुमकान्त कोईराला, तुल्सीराम पंगेनीले टिप्पणी गर्नुभएको थियो । अक्षर पुरस्कारबाट वालिङ ८ मा रहेको अमिलिथुम आधारभुत विद्यालयलाई बाल पुस्तक पुरस्कार स्वरुप दिईनेछ । डा. अच्युतशरण अर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत वचन अर्याल र सञ्चालन केदारशरण विकलले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...