अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षकलाई स्वागत

रेडियो आँधीखोला
वालिङ, २७ जेष्ठ ।
वडा प्रहरी कार्यालय वालिङमा सरुवा भएर आउनुभएका प्रहरी निरीक्षक शंकरप्रसाद आचार्यसँग स्वागत एवम् परिचयात्मक कार्यक्रम शनिबार वडा प्रहरी कार्यालयको प्राङ्गणमा गरिएको छ । प्रहरी निरीक्षक आचार्य र वालिङ तथा भीरकोट नगरपालिकाका जनप्रतिनिधिहरु, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, राजनीतिक दल, नागरिक समाज, ब्यापारी, यातायात ब्यवसायी, पत्रकारलगायतको समूहले आज स्वागत तथा परिचयात्मक कार्यक्रम गरेको हो ।
स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्दै वालिङ नगरपालिकाका नगरप्रम्ख दिलीपप्रताप खाँणले प्रहरी प्रशासनलाई स्वतन्त्ररुपमा कानूनको दायराभित्र रहेर सेवा प्रवाह गर्न आग्रह गर्नुभयो । उहाँले नगरको शान्ति सुरक्षालाई चुस्त दुरुस्त राख्न नगरपालिका तयार रहेको बताउँदै बाहिरबाट कुनै पनि हस्तक्षेप नहुने उल्लेख गर्नुभयो । सर्वसाधारण विना बर्दीका प्रहरी भएको बताउँदै नगर प्रमुख खाँणले शान्ति सुरक्षाको प्रत्याभूति दिलाउनकालागि आफ्नो क्षेत्रबाट प्रहरीलाई निरन्तर लाग्न आग्रह गर्दै नगरबासी सबैले सूचनाहरु दिएर सहयोग गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा प्रहरी निरीक्षक शंकरप्रसाद आचार्यले आफ्नो जिम्मेवारीबाट कदापि पछि नहट्ने बताउँदै समुदायको साथ सहयोग आवश्यक रहने धारणा राख्नुभयो । यस क्षेत्रको शान्ति, सुरक्षा र अमनचयनको प्रत्याभूति दिलाउन आँफू सँधै प्रतिबद्ध रहेको बताउनुभयो । प्रहरी निरीक्षक आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रेस युनियन स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देलले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...