अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

एक पालिका एक पहिचानमा कृषिसहकारी मन्त्री थापाको जोड

news

कला राना
वालिङ, १२ आषाढ ।
प्रदेश नं. ४ का भुमि व्यवस्था तथा कृषिसहकारी मन्त्री लेखबहादुर थापामगरले १ पालिका १ पहिचानमा जोड दिनुभएको छ । मन्त्री मगरले हरेक स्थानीय तहमा कृषिका माध्यमबाट आ–आफ्नो पहिचान हुनुपर्ने बताउनुभयो । स्याङजाको भीरकोट नगरपालिकाको बयरघारीमा गरिएको कृषकसंग मन्त्री कार्यक्रममा मन्त्री मगरले हरेक सहकारी उत्पादनमुलक क्षेत्रमा अनिवार्य जोडिनुपर्ने बताउनुभयो । 
मन्त्री मगरले एक वडा एक उत्पादनको नितिका साथ स्थानीय तह लाग्नुपर्ने बताउनुभयो । साथै उहांले विउमा गुणस्तरीयता नभएको कृषकहरुको गुनासो आईरहेको भन्दै त्यस्ता कम्पनी कारबाहीमा आउने बताउनुभयो । मन्त्री मगरले भन्नुभयोे, “कृषकहरुको हितमा काम नगर्ने हरेक कम्पनी कारबाहीको दायरामा आउँछ” । साथै उहांले हरेक पालीकामा कृषि उपज संकलन केन्द्र  तथा हाड बजार स्थापनामा स्थानीय तहसंग समन्वय गर्दै अगाडि बढ्ने बताउनुभयो । मन्त्री मगरले भन्नुभयो“उपभोक्ता र कृषकबीच सिधा सम्बन्ध स्थापित गर्नको लागी हरेक पालीकामा संकलन केन्द्र तथा हाडबजार हुनुपर्छ ।”
कार्यक्रममा सांसद दिपक चर्तीमगरले स्याङजाको समृद्धिका लागी कृषि र पर्यटन नै मुख्य आधार रहेकाले यसका लागी यहाँका कृषिका सुन्तला, तरकारी मकै, कपी जस्ता उत्पादनमा जोड दिनुभयो । 
त्यस्तै अर्का सांसद मोहन रेग्मीले आर्थिक वृद्धिका लागी कृषि उत्पादनमा बढाउनुपर्ने बताउँदै जग्गा बाँझो नराख्ने नितिका साथ अगाडि बढीरहेको बताउँदै आधुनिक तथा  व्यवसायिक कृषिमा जोड दिनुभयो । कार्यक्रममा भीरकोट नगरप्रमुख छायाराम खनालले प्रदेशको निति अनुसार स्थानीय तहले समन्वय गर्दै विकासका लागी अगाडि बढ्ने बताउनुभयो ।  कार्यक्रममा कृषकहरुले विउमा गुणस्तरीयता नभएको, मुल्यमा एकरुपता नपाईने, विचौलीयाको विगविगी, सिंचाईको असुविधा, परिश्रम अनुसारको मुल्य कृषि उपजले नपाएको गुनासो गरेका छन् । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...