अहिले तरंगमा

Nepal Bani Khabar

केहि छिनमा

Lok Chaoutari

समाचार

नेपाल विद्यार्थी संघद्धारा एसईई उत्तिर्ण विद्यार्थी सम्मान

news

कला राना
वालिङ, १२ आषाढ ।
नेपाल विद्यार्थी संघ वालिङ नगरसमिति स्याङजाले एसईई उत्तिर्ण विद्यार्थीहरुलाई मंगलबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ । एसईई उत्तिर्ण विद्यार्थीहरुको उज्जवल भविष्याको कामना गर्दै उनीहरुलाई अध्ययनमा थप प्रोत्साहन गर्ने हेतुले सम्मान गरिएको संघले जनाएको छ । विद्यार्थीहरुलाई सम्मान गर्दै कागे्रसका वालिङ नगरसभापति एवं नगरप्रमुख दिलिपप्रताप खांणले विद्यार्थी समाजका दिप भएकाले उनीहरुले घर समाज हुँदै राष्ट्रलाई नै प्रकाश छर्ने काम गर्ने बताउँदै विद्यार्थीहरुलाई शुभकामना व्यक्त गर्नुभयोे । साथै प्रमुख खांणले आजका विद्यार्थी भोलीका मुलुक निर्माणका खम्बा रहेकाले उनीहरुको भविष्य उज्यालो बनाउनको निम्ति अभिभावकहरुले समेत प्रेरकको भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो । 
कार्यक्रममा कागे्रसका क्षेत्रिय सभापति अर्जुनप्रकाश अर्याल, महाधिवेसन प्रतिनिधि विष्णु पौडेल, क्षेत्रिय सचिव दामोदर लम्साल, क्षेत्रिय प्रतिनिधि भोजराज गुरुङ, काग्रेस क्षेत्रिय सदस्य ईन्दिरा केसी, नगरसचिव भुपराज बगाले, नेपाल शिक्षक संघका क्षेत्रिय अध्यक्ष डण्डपाणी पंगेनी, नेपाल महिला संघ क्षेत्रिय अध्यक्ष सुनिता उच्चैठकुरी, नेविसंघका जिल्ला कोषाध्यक्ष धु्रव पंगेनी, जिल्ला सदस्यहरु महेश रेग्मी, कमल कुँवर, दिपछिरिङ गुरुङ, चापाकोट स्ववियू सभापति सविन डोटेललगायतले संघद्धारा आयोजित सम्मान कार्यक्रमले विद्यार्थीहरुलाई प्रेरणा मिलेको बताउनुभयो । संघका नगर सभापति दिक्षान्तप्रताप खांणको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत महेश पंगेनी र सञ्चालन सचिव जनक लामिछानेले गर्नुभएको थियो । करिव ४ सय विद्यार्थीहरु सम्मानित भएका छन् 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...